सुनसरीबाट आएकी थिइन् भक्तपुरमा भेटिएकी कोरोना संक्रमित युवती

काठमाण्डौं,बैशाख ३१ । मंगलबार भक्तपुरमा देखिएका दुईजना कोरोना संक्रमितमध्ये २५ वर्षीय महिला सुनसरीको झुम्काबाट आएको खुलेको छ। प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेका अनुसार तीन दिन अघि उनी सुनसरीको झुम्काबाट भक्तपुर आएकी थिइन्।

युवतीलाई हिजै टेकु अस्पताल भर्ना गरिएको छ। संक्रमित युवतीकी साथी स्टाफ नर्स रहेको र उनलाई पनि निगरानीमा राखेर परीक्षण गर्ने तयारी गरिएको छ। थप विवरण लिने काम भइरहेको छ। यस्तै भक्तपुरकै अर्का संक्रमित २७ वर्षीय पुरुष दुवाकोटको रहेको खुलेको छ। तर उनमा कसरी संक्रमण सर्यो भन्ने कुरा प्रष्ट हुन सकेको छैन।

उनले आफू कतै बाहिरबाट पनि नआएको बताएका छन्। अहिले उनको परिवारलाई सिल गरिएको छ। युवकलाई भने हिजै टेकु अस्पताल भर्ना गरिएको छ। दुबै संक्रमितहरूको कन्ट्याक्ट ट्रेसिङको काम अगाडि बढाइएको जिल्ला प्रहरी प्रमुख एसपी सविन प्रधानले जानकारी दिए ।

‘सबै कुरा खुल्न आएको छैन। हामीले उहाँहरूसँग सम्पर्कमा आएका र अन्य हिस्ट्री लिने काम भइरहेको छ,’ उनले भने। मंगलबार भक्तपुरका दुई जना र काठमाडौंका एकजना गरी ८३ जना व्यक्तिमा संक्रमण देखिएको थियो। जसमा १८ जना पर्सा, २ जना धनुषा, २ जना महोत्तरी र एकजना सर्लाहीका छन्। यो एकैदिन देखिएको अहिलेसम्मकै ठूलो संख्या हो। योसँगै नेपालमा कोरोना संक्रमिको संख्या २१७ पुगेको छ। ३४ जना निको भएका छन्। जसमा तीन जना व्यक्ति पुनः संक्रमण देखिएर अस्पतालमा उपचाररत छन्। सेतोपाटी



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv