गोरखा जिल्ला पाँच दिन सिल गर्ने निर्णय

गोरखा, जेठ १ । कोरोना विपद् व्यवस्थापन केन्द्र, जिल्लास्तरीय कमाण्ड पोष्ट तथा सुरक्षा समिति गोरखाले गोरखा जिल्ला पाँच दिन सिल गर्ने निर्णय गरेको छ । समितिको बुधबार बसेको बैठकले देशभर कोरोना सङ्क्रमण फैलिँदै गएको भन्दै यही जेठ १ देखि ५ गतेसम्म पूरै जिल्ला सिल गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालयका प्रमुख प्रशासकीय अधिकृत हर्कबहादुर रोकाले जानकारी दिनुभयो ।

बैठकले अन्य जिल्लाबाट हुने आवागमनलाई पूर्णरूपमा निषेध गर्ने निर्णय गरेको उहाँले बताउनुभयो । त्यस्तै गोरखा जिल्लाभित्र यसअघि खाद्य पदार्थ बोकेका सवारी साधनलाई जिल्लाभित्र आवागमन गर्न दिइएकामा अबको पाँच दिन भने त्यसलाई पनि पूर्णरूपमा बन्द गर्ने निर्णय भएको छ । बजारभित्र खाद्यान्न, तरकारी, पशुपक्षी, दाना, औषधि तथा माछामासुका पसलबाहेक अन्य पसल खुल्न नदिने निर्णय भएको रोकाले जानकारी दिनुभयो ।

“अस्पतालबाट सिफारिस भएका बिरामी, घाइते, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, किरियापुत्री, मलामी, वडाध्यक्षदेखि माथिका जनप्रतिनिधि वा उनीहरुका सवारी साधनलाई भने सञ्चालन गर्न दिइने निर्णय भएको छ”, उहाँले भन्नुभयो, “त्यसबाहेकका सबै सवारी साधन जिल्लाभित्र, बाहिरबाट आवतजावत पूर्णरूपमा ठप्प पार्ने निर्णय भएको छ ।”

त्यस्तै जिल्लाभित्र सञ्चालित बैंक, वित्तीय संस्था ती संस्थाद्वारा सञ्चालित काउन्टर र बीमा कम्पनी पनि बन्द गर्ने निर्णय बैठकले गरेको अधिकृत रोकाले बताउनुभयो । बैठकले नागरिक तथा वित्तीय संस्थालाई इ–बैंकिङ सिस्टममार्फत काम गर्न प्रोत्साहन गर्ने निर्णय पनि गरेको उहाँको भनाइ छ ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv