भर्खरै थप ५ जनामा कोरोना पुष्टि, नेपालमा संक्रमितको संख्या २५० पुग्यो

काठमाण्डौं, जेठ १ । नेपालमा थप ५ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सर्लाही, धनुषा, महोत्तरीमा थप ५ जनामा कोरोना संक्रमण भेटिएको हो ।

आज संक्रमण पुष्टि भएकाहरुमा सर्लाहीका ४५ वर्षीय पुरुष, धनुषाका ४० वर्षीय पुरुष, २० वर्षीया महिला र महोत्तरीका १६ र ३५ वर्षीय पुरुष छन् । यसअघि आजै बिहान काठमाडौंको चन्द्रागिरी निवासी ३२ वर्षीय पुरुष र कपिलवस्तुकी ६ वर्षीया बालिकामा संक्रमण पुष्टि भएको थियो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २५० पुगेको छ । जसमा २०१ जना पुरुष र ४९ जना महिला रहेका छन् ।

नयाँ संक्रमित जिल्लाको यशोधरा गाउँपालिका ५ तथा बुद्धभुमि नगरपालिका ७ र १० का १८, १९, २० वर्षीय दुईजना तथा २४, ३०, ३१ र ३४ वर्षीय दुई पुरुष छन् । एक जना पुरुषको भने उमेर खुलेको छैन । उनीहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको हो ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv