एकाबिहानै फेरी थप १० जनामा संक्रमण पुष्टि, कुल २९१ पुग्यो
काठमाडौं, जेठ ४ । पछिल्लो कोरोना परीक्षण रिर्पोट अनुसार थप १० जानमाक संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा संक्रमित संख्या २९१ पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकूमा भएको परीक्षणमा १० जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार बिहान विज्ञप्ति निकालेर जानकारी दिएको छ ।
पछिल्लो संक्रमण पुष्टि भएकामा रौतहट जिल्ला राजपुत नपा फराहदवा ९ निवासी १८,३२,३६,३९,३९,४२, ४८ पुरुषहरु तथा रौतहट इशनाथ नपा ३ र ५ वडा निवासी २८, ३०, ३३ वर्षीय पुरुषहरु रहेको जनाइएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँ गरिएको परीणमा उनीहरुमा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएकाे छ। हालसम्म प्राप्त विवरणअनुसार संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरु स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ।