नेपालमा कोरोनाका कारण निधन हुनेको संख्या २ पुग्यो बाँकेको क्वारेन्टिनमा निधन भएका युवकमा पनि कोरोना संक्रमण (भिडीयो सहित )

बाँके,जेठ ४ । बाँकेको क्वारेन्टिनमा आइतबार बिहान निधन भएका २५ वर्षीय युवाको कोरोना परीक्षण रिपोर्ट पनि पोजेटिभ आएको छ। प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले भेरी अस्पतालमा गरिएको परीक्षणमा कोरोना पोजेटिभ आएको बताएका छन् । स्वास्थ्य मन्त्रालयले पनि कोरोनाका कारण निधन भएको पुष्टि गरेको छ । बाँकेको नरैनापुर क्वारेन्टाइनमा ३८ जना रहेको पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ । आइतवार गरेको नियमित व्रिफिगंका क्रममा मन्त्रालयले सो कुरा पुष्टि गरेको हो ।

‘यि युवकको निधन संगै कोरोनाका कारण नेपालमा निधन हुनेको सख्या २ पुगेको छ । मन्त्री बरालले कोरोना संक्रमितको शव व्यवस्थापन गर्नेबारे स्वास्थ्य मन्त्रालयले तयार गरेको कार्यविधिका आधार मृतकको शव व्यवस्थापन गर्न निर्देशन दिएको जानकारी बताएका छन् । । उक्त कार्यविधिमा नेपाली सेना, नेपाल प्रहरीलगायत सुरक्षाकर्मीसहित मिलेर शवको अन्त्येष्टि गर्ने मन्त्री बरालले बताए।

योसँगै नेपालमा कोरोनाबाट दुई जनाको मृत्यु भएको छ। यसअघि गत बिहीबार मृत्यु भएकी सिन्धुपाल्चोककी २९ वर्षीया महिलामा कोरोनाभाइरसको पुष्टि भएको थियो। आइतबार बिहान निधन भएका युवा रोजगारीको लागि भारतको मुम्बई गएका थिए। उनी वैशाख ३० गते नेपाल आएका थिए।

भारतबाट आएका उनलाई सिधै क्वारेन्टिनमा लगिएको थियो। रातिदेखि स्वास्थ्यमा समस्या आएका युवकलाई अस्पताल लैजान नपाई निधन भएको थियो । उनले वान्ता गरेका थिए । राति एम्बुलेन्सलाई आग्रह गर्दा नआएपछि विहान उनको निधन भएको हो । विहान एम्बुलेन्स आउनु पुर्व नै उनको निधन भएपछि स्थानिय आक्रोशित भएका थिए । मृत्यु हुनुअघि आइतबार बिहान ४ बजेतिर उनले अचानक दुई पटक बान्ता गरेका थिए ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv