दोस्रो मृतकबारे डा. रवीन्द्र पाण्डेको भनाइ

काठमाण्डौ,जेठ ४ । आज भारतको मुम्बईबाट असुरक्षित यात्रा गर्दै बैशाख ३० गते नेपाल भित्रिएका बाँकेको नरैनापुरका २५ बर्षीय युवकको दीपेन्द्र माविको क्वारेन्टाइनमा मृत्यु भयो । उनी नेपाल गत मंगलबार आएका थिए अर्थात नेपाल आएको ५ दिनपछि उनको मृत्यु भयो ।

कोरोना संक्रमण भएको व्यक्तिको संक्रमणकाल सामान्यतया २ – १४ दिनको हुन्छ । त्यसपछि लक्षण देखिएर मृत्यु हुनको लागि थप २ -३ हप्ता लाग्दछ ।

यो मृत्यु प्रकरणबाट के बुझिन्छ भने उनी बिगत २-३ हप्ता पहिलेदेखि संक्रमित थिए । संक्रमित व्यक्तिलाई परिक्षण गरेर भारत सरकारले आइसोलेसनमा राखेर उपचार गर्नुपर्ने हो । विश्व स्वास्थ्य संगठनको नियम अनुसार तथा नेपाल र भारतका प्रधानमन्त्रीबीच भएको सहमति अनुसार यता भएका भारतीयलाई नेपाल सरकारले र उता भएका नेपालीलाई भारत सरकारले परिक्षण गर्ने, आइसोलेसनमा राख्ने, उपचार गर्ने तथा लकडाउन खुलेपछि हस्तान्तरण गर्नु पर्ने हो । तर भारतले असुरक्षित रुपमा संक्रमित नेपालीलाई नेपाल आउन दिइरहेको छ अर्थात नेपाल भित्र्याउन सहजीकरण गरेको छ । यो निकै गम्भीर कुरा हो । यो बिषयमा नेपाल भारतबीच पून: छलफल हुनु जरुरी छ ।

त्यस्तै मृतकलाई शनिबार रातिदेखि ज्वरो आउने र झाडापखालाको समस्या देखिएको थियो ।

विश्वब्यापी तथ्यांक हेर्ने हो भने यो उमेरका व्यक्ति जोखिम बर्गमा पर्दैनन् अर्थात यो उमेरका व्यक्तिको मृत्युदर ०.२ % मात्र छ ।

मलाई लाग्छ, उनको RDT तथा PCR कुनै पनि परिक्षण गरिएको थिएन । र्यापिड टेस्टको नतिजा तुरुन्तै आउंथ्यो । त्यसमा पोजिटिभ देखिए उनी अस्पतालमा हुने थिए । उनको परिक्षण भएको भए PCR को रिपोर्ट नआएको पनि हुनसक्छ ।

हामी कहाँ भएका अधिकांश क्वारेन्टाइन केन्द्र असुरक्षित र असुविधाजनक छन् । बेडबिचको दुरी, सौचालयको अवस्था, पंखा तथा खानेपानीको पर्याप्त ब्यबस्था धेरै ठाउँमा छैन ।

उनलाई शनिबार रातिदेखि ज्वरो एबम झाडापखाला लाग्दा शरीरमा जलबियोजन भएर अर्थात Dehydration भएर उनको मृत्यु भएको हुनसक्छ । बाँकेको प्रचण्ड गर्मीमा उनलाई ज्वरो कम गर्ने, पखाला ठिक गर्ने तथा प्रशस्त मात्रामा जीवनजल पानी वा सलाइन दिइएको थियो कि थिएन ? यसको विवरण आउन बाँकी छ । त्यस्तै उनलाई कुनै दीर्घरोग थियो कि थिएन ? उनको स्वास्थ्य अवस्था कस्तो थियो ? हार्टएट्याक भएको हो कि हैन ? टत्युको कारण के थियो ? जस्ता अनुसन्धान गर्नु जरुरी छ । पोस्टमार्टमबाट धेरै अवस्था जानकारी हुनेछ ।

हामीकहाँ क्वारेन्टाइन सेन्टरबाट त्यहाँ बसेका व्यक्तिहरु भाग्ने कारण निराकरण गर्नु जरुरी छ । यो प्रचण्ड गर्मीमा स्वस्थ खाना, पर्याप्त खानेपानी, पंखा, हावा, प्राथमिक उपचार, योग, संगीत, मोटिभेसनल स्पिच, स्वास्थ्यकर्मीको ब्यबस्था तथा परिक्षणको सुगम ब्यबस्था गर्नु जरुरी छ । अन्यथा संक्रमितहरुले आफु संक्रमित भएको थाहा नपाइ मृत्युवरण गर्नुपर्ने नियति बढ्दै जानेछ । @ डा. रवीन्द्र पाण्डे



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv