सिमानाको विवाद चलिरहदा बिशालले ल्याए ‘एकादेश’ ( भिडियो सहित )

काठमाण्डौं, जेठ ५ । अहिले सामाजिक सञ्जाल र देशको राजनीति नेपाल-भारत सीमा विवादको कारण फेरि एकपटक तातेको छ । धेरै जनाले नेपाल सरकारप्रति आक्रोश व्यक्त गरिरहेका छन् भने कतिपय गायक कलाकारहरुले आफ्ना सिर्जनाहरु मार्फत बिरोध प्रकट गरिरहेका छन् ।

नेपाल-भारत सीमा विवाद चलिरहदा गायक संगीतकार विशाल पौडेलले आफ्ना भावानाहरुलाई समेटेर राष्ट्रियताले ओतप्रोत गीत ‘एकादेश’ सार्वजनिक गरेका छन्।

हाम्रो देश कतै भूगोलमा मात्र सिमित हुने हो कि बन्ने हो कि भन्ने चिन्ता यस गीतमा व्यक्त गरिएको छ। गीतमा शब्द, संगीत , स्वर र संगीत संयोजन स्वयम् गायक विशाल पौडेलको रहेको छ । गीतमा प्रिन्स नेपालीको सारंगीको मिठो धुन सुन्न सकिन्छ ।

हाल लिरिकल भर्सनमा उपलब्ध यस गीतको भिडियोलाई संजित के घिसिङ्ले निर्माण गरेका हुन् । भिडियोले दर्शक , स्रोता र मिडिया हाउस बाट राम्रो साथ पाइरहेको छ । नेपाललाई माया गर्ने हरेक नेपालीले गीतलाई शेयर गरिदिन गायक पौडेलले आग्रह गरेका छन् ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv