भारतबाट प्रधानमन्त्रीलाई आयो यस्तो पत्र

काठमाण्डौं, जेठ ५ । भारतमा अफ्ठ्यारोमा परेका एक नेपालीले प्रधानमन्त्री केपी ओलीलाई पत्र लेखेका छन ।
पत्रमा उनले भनेका छन यती बेला कोभिड-१९ को संक्रमणले लकडाउनका कारण भारतको मुम्बईमा धेरै नेपालीहरुलाई अप्ठ्यारो परेको र भारतमा रहेको राजदुतावासले समेत नसुनेको गुनासो गरेका छन । प्रधानमन्त्री ओलीलाई पठाएको पत्र जस्ताको तस्तै हेर्नुहोस् :-


सम्माननिय प्रधानमन्त्री ज्यू, नमस्कार,

हुनत हजुरलाई यो पत्र लेख्ने मेरो हैसियत नपुग्ला र लेख्न मिल्छ कि मिल्दैन त्यो कुरा थाहा छैन म त्यति सम्मको पावरफुल नहुन सकुला तर पनि म एक जिम्मेवार नेपालि नागरिक र प्रवासी नेपाली हरुको पिडा सम्म प्रत्यक्ष सरोकार राख्ने जिम्मेवार ब्यक्तिको हैसियतले सरकार सम्म अनुरोध गरेको छु । कोभिड १९ कोरोना भाइरस को कारण विश्व तनावग्रस्त छ,जसमा हाम्रो देश नेपाल र हाम्रो सरकार पनि उत्तिकै चिन्तित छ र होला ! साथै घरपरिवार को साथमा बसेका र घरमा बस्ने हरुको भन्दा बढि तनाव र पिडा घरवार विहिन त्यसमा पनि प्रदेशि भुमिमा रहेका अलपत्र हरुलाइ छ भन्नेकुरा पनि हाम्रो सरकार जानकार छ होला भन्नेमा विश्वस्त छु ।

सम्माननीय प्रधानमन्त्री ज्यू, नेपालको हरेक कालखण्डमा परिवर्तन को निम्ती भएका हरेक संघर्षमा भारतका प्रवासी नेपाली हरुको योगदान कत्तिको छ भन्ने कुरा थाहा हुन पर्ने हो, आज प्रवासमा छटपटिएका नेपालि हरुको लागि सरकारले देखाएको ब्यवहार ले हाम्रो योगदानको अपमान भएको छर्लङ्ग देखिएको छ । सरकारलाई देशमा कोरोना भित्रिन सक्छ भन्ने डर चिन्ता र देश को माया सरकार लाई होला,तर काँचको महल र सेनाको घेरामा हिड्ने हरुको भन्दा देशको माटो सम्म लडिबुडी गर्ने हरुलाइ त्यो भन्दा देशको माया देश प्रतिको चिन्ता धेरै छ, जनताको जनमत लिएर सरकारको कुर्चिमा बसेर भ्रष्टाचार गर्नेहरुको भन्दा बढी माया हामीलाई छ ।

हाम्रा पनि आमाबुवा बालबच्चा घरपरिवार छन,खाइ भोकै जस्तो सुकै होस बाँचेपनि मरेपनि घरपरिवार र बालबच्चाको साथमा बाँचौला मरौला भन्ने चाहना हामीलाई पनि छ । हरेक ब्यक्तिले आपत बिपत परेका बेला आफ्नो घर आफ्नो जन्मभुमी र देश सम्झन्छन्,जब हामी विपदमा आफ्नो घर आउन पाउँदैनौ भने हाम्रो लागि हाम्रो देश हाम्रो घर हाम्रा बालबच्चा आमाबुबा भनेर गर्व गर्नको के औचित्य रहयो ? सिमा पारि मरेकि आमाको सिमावारी काजक्रिया गर्ने को पिडा कति होला भन्ने कुरा हाम्रो सरकारलाई थाहा छ कि छैन ! हाम्रो सम्माननिय प्रधानमन्त्री ज्यू ले उल्टै जनता उत्ताउला भए भन्नु हुन्छ, भारतमा खान बस्न नपाइ र कोरोनाको तनावले दुइ जना नेपालीले आत्महत्या गरेको बेला राजदुत ज्यू ले भारतमा नेपालीलाई समस्या नै नभएको बक्तब्य दिनु कति सम्म गैरजिम्मेवार र लाजमर्दो कुरा हो । के भारतमा बस्ने नेपाली नेपाली हैनन र ? नेपालको अर्थतन्त्रलाई रेमिट्यान्सबाट टेवा पुर्याउने प्रवासीको बारे हाम्रो सरकार किन बेवास्ता गरिरहेको छ ।

ठुलाठुला धनाढ्यहरुका छोराछोरी जाने देशका नेपालीहरुको बारे राष्ट्रपति प्रधानमन्त्री ज्यू को चिन्ता देखियो,भारतमा बस्ने गरिबका छोराछोरी नेपालीको बारे किन बेखबर हो ? कि गरिबलाई कुनै ठाउँमा स्थान छैन । अहिले सम्म भारतको गल्लि गल्लिमा रोइकराइ गरिरहेका नेपालीहरु धैर्य, इमान्दार, अनुशासित बनेर हजारौं कष्ट सहेर बसिरहेका छन । फेरि पनि अनुरोध गर्दछु हाम्रो धैर्यताको बाँध नटुटाउन हाम्रो सरकार सम्म आग्रह गर्न चाहन्छु । नेपालीहरुले सरकार सम्म आफ्नो जनतालाई लिन सक्ने ताकत छैन भने पनि सरकारले तोकेको मापदण्ड अनुसार रहने बाचाका साथ, आफ्नै खर्चमा फर्कन चाहन्छन,तसर्थ यथासिघ्र नेपालीहरुलाई घर फर्कने वातावरण बनाउन सरकार सम्म नाका खोलिदिन बिनम्र अनुरोध गर्दछु ।

पदम भुल
सामाजिक अभियन्ता
भारत प्रवास मुम्बई



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv