आइसियूमा उपचार गराइरहेकी बाँके बैजनाथपुरकी एक महिलाको मृत्यु पछि शव व्यवस्थापन

बाँके,असार ३ । कोरोना सङ्क्रमणबाट मृत्यु भएकी बाँकेकी महिलाको शव व्यवस्थापन गरिएको छ ।

सरकारले जारी गरेको शव व्यवस्थापन कार्यविधि अनुरुप शव व्यवस्थापन गरिएको हो ।
शव व्यवस्थापनका लागि पालिकाको गाडी प्रयोग भएको छ । बाँकेको कोहलपुुरस्थित नेपालगञ्ज मेडिकल कलेज आइसियूमा उपचार गराइरहेकी बाँके बैजनाथपुरकी एक महिलाको मृत्यु भएपछि बैजनाथ गाउँपालिकाको गाडी शव ल्याउन प्रयोग गरिएको गाउँपालिका अध्यक्ष मानबहादुर रुचालले जानकारी दिए ।

नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल, नेपाली सेना तथा अन्य सरोकार राख्ने निकायले समेत शव सुरक्षित रुपमा दाहसंस्कार गर्ने स्थलसम्म पु¥याउन कुनै चासो नदिएपछि आफूले चढ्ने गाडी प्रयोग गरिएको अध्यक्ष रुचालको भनाइ छ ।

उनले आफूले प्रयोग गर्दै आइरहेको गाडीमा शव बोकेर दाहसंस्कार गर्ने ठाउँ मानखोलासम्म पु¥याइएको बताए ।

निमोनियाबाट पीडित ती महिलाको गत जेठ ३० गते आइसियूमा राखेर उपचार गराउँदा गराउँदै यही असार १ गते मृत्यु भएको थियो ।

मृत्युअघि नै कोरोना परीक्षणका लागि लिइएको स्वाब परीक्षण गर्दा ती महिलाको मङ्गलबार रिपोर्ट पोजेटिभ आएपछि शव उठाउन अस्पताल प्रशासनले नमानेपछि गाउँपालिकाको गाडी प्रयोग गरिएको अध्यक्ष रुचालले बताए ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv