गलबन्दीकी चर्चित मोडल अन्जली अधिकारी गर्ववती भएपछी..! (भिडियो)

काठमाण्डौं,असार ५ । पशुपतिमा सुनको गजुर,मौनतामा,नेपालकी छोरी,परदेशीको तिहार जस्ता थुपै म्यूजिक भिडियोहरु नेपाली साँगेतिक बजारमा ल्याएको डि फोर क्रियशनले वेवी शावर नामक शुभकामना गीतको म्युजिक भिडियो सार्वजनिक गरेको छ ।

परदेशमा रहेर नेपाली गीत रचनामा सक्रिय गीतकार दुर्गा खनाल घिमिरेले रचना गरेकोे वेवि शावर सम्भवत पहिलो नेपाली गीत नै हुन सक्छ जुन गीतलाई डि फोर युटुब्ब च्यानल मार्फत बिहिबार सार्वजनिक गरिएको छ । गायक प्रताप दास र मिलन नेवार अमात्यको श्वरमा रहेको गितमा आयुश रिजाल,अन्जली अधिकारी,रश्मी भट्ट ,कमल कान्त मैनाली लगायतको अभिनय हेर्न सकिन्छ ।

अहिले नेपालीहरू संसारभर पुगेका छन् परिवारमा जव नयाँ बच्चा जन्मदैछ भन्ने थाहा पाउने वित्तिकै नेपाली परम्परा अनुसार दहि चिउरा खुवाउने गरिन्छ तर पश्चिमी मुलुकमा गरिने बेबी शावर गरि मनाउँछन । जहाँ गीत संगितमा रमाउने गरिन्छ । तर नेपाली संगितमा अहिले सम्म बेबी शावरलाई नै लक्षित गरेर कुनै गीत नभएको थाहा पाएपछि गितकार दुर्गा खलाल धिमिरेले यो गीत तयार पारेको बताईन् ।

गीतको म्युजिक एरेज र कम्पोज हेम लामाले गरेका छन भने मिक्सिगं मास्टरिगं विवेक शाक्यले गरेका हुन । गीतको प्रोडक्सन मेनेजर शम्भु श्रेष्ठ, मेकअप माही सिंह रहेका छन् । गीतको सिनेमाटोग्राफी ज्ञानेन्द्र शर्मा,ईडिट र कलर नविन निरौला, सहायक निर्देशक सुवोल थापा रहका छन । म्युजिक भिडियोको निर्देशन गम्भिर विष्ठले गरेका हुन ।

भिडियोमा विदेशमा वस्ने नेपाली लाई आफ्नो देशको बैवाहिक परम्परा कस्तो रहेछ भन्ने देख्न पाउँछन् भन गीतको भिडियोमा विवाहमा परिवारको मुल्य मान्यता लाई जोड दिदै माईतिको आगनमा नाच्ने खेल्ने गरेको अवस्था देखि पराईघर जादै गर्दाको र गर्भवती भएर नयाँ बच्चालाई स्वागत गर्न वेला सम्मको अवस्थालाई गीतको म्यूजिक भिडीयोमा समेटिएको निर्देशक गम्भिर बिष्टले बताए । आफुले म्युजिक तयार गरेको वेवी शावर गीत सम्भवत नेपालको पहिलो गीत भएको र आफुले यो गीतमा संगीत भर्न पाउदा खुशी लागेको वताउछन् म्युजिसियन हेम लामा । गीतले पारिवारीक उत्सवलाई अझ रमाईलो र उल्लासमय बनाउने अपेक्षा गरेको गीतकार दुर्गा खनाल घिमिरेले बताईन् ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv