नेपालमा भइरहेको ‘निर्मलाका लागि न्याय’मा एक्येवद्धता जनाउँदै अमेरिकामा सभा, (भिडियो सहित)

टेक्सस, ३ असोज । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार पछि हत्या गरिएको घटना अन्तराष्ट्रियकरण भएको छ । बालिका बलात्कार भए हत्या भएको घटनाको दुई महिना समय बितिसक्दा पनि वास्तविक अपराधि प्रहरीले पक्राउ गर्न सकेको छैन ।

निर्मलाको हत्यारालाई पक्राउ गर्न दवाव दिने उद्देश्यले अमेरिकाको टेक्ससमा बस्ने नेपालीहरुले विरोध कार्यक्रम गरेका छन् । निर्मलाको परिवारलाई न्याय माग्दै टेक्सस डलासका नेपालीले अर्विङमा दिप प्रज्ज्वलन गरेका छन् । नेपाली समाज टेक्सस र सुदरपश्चिम नेपाली समाजको संयुक्त आयोजनामा श्रदाञ्जली सभा तथा दिप प्रज्ज्वल गरिएको थियो ।
आफुहरु विदेशी भूमीमा रहे पनि नेपालमा भइरहेको यस्तो कृयाकलापले मन पोल्ने गरेको बताउँदै आयोजकहरुले निर्मलाका हत्यारालाई तत्काल पक्राउ गर्न माग गरेका छन् । उनीहरुले नेपालमा भइरहेको ‘निर्मलाको लागि न्याय’ आन्दोलनमा एक्येवद्धता जनाएका छन् ।

भोजवहादुर वलायरले संचालन गरेको श्रदाञ्जली कार्यक्रममा गैर आवासीय नेपाली संघ अमेरिकाका वरिष्ठ उपाध्यक्ष सुनील शाह,  सुदुरपश्चिम नेपाली समाजका अध्यक्ष प्रेम शाही ,नेपाली समाज टेक्ससका महासचिव भक्त भण्डारीले पिडितलाई न्यायदिन सरकार चुकेको भन्दैं सरकार गम्भिर बन्नुपर्नेमा जोड दिए ।

उनीहरुले नेपालमा दण्डहिनता बढेको भन्दै चिन्ता ब्यक्त गरेका छन् । दिनहुँ महिला माथि भएका यौन हिंसाका घटनाका समाचारले आक्रान्त परेको भन्दै सरकारलाई छोरी चेलीलाई सुरक्षित भएर हिड्ने बाताबरण बनाउन माग गरे ।

सरकारले ६० दिन पुगी सक्दा पनि अपराधी पत्ता लगाउन नसक्नु र हत्यारा पहिचान गर्न नसक्नु दु:खद भएको र सो घटनाले सम्पूर्ण टेक्सासवासी नेपाली चिन्तित रहेको सुदुरपश्चिम नेपाली समाजका संस्थापक अध्यक्ष तथा नेपाली समाज टेक्ससका बर्तमान महासचिव भक्त भण्डारीले मन्तब्यका क्रममा बताए ।

सो सभामा निर्मला पन्त को सम्झना गर्दै मार्मिक कबिता बाचन गरिएको थियो । नेपाली समाज टेक्सासका अध्यक्ष सुमन थापा, एचडीएनपिका अध्यक्ष देबिराम आचार्य,एभरेस्ट लायन्सका अध्यक्ष थलराज पन्त, बिभिन्न संघ संस्थाका पदाधिकरीहरुको उक्त सभामा सहभागीता जनाए । मृतक निर्मलाको आत्माको चिरशान्तीको कामना गर्दै १ मिनट मौनधारण गरीएको थियो ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv