नायक प्रदिप र नायिका साम्राज्ञीले पाए पपुलर अवार्ड

काठमाण्डौ १६ चैत । नेपाल चलचित्र कलाकार संघको ‘फान अवार्ड’ कार्यक्रम आज काठमाण्डौमा समपन्न भएको छ ।

प्रमुख अथिती प्रधानमन्त्री केपी शर्मा ओलीले उद्द्घाटन गर्दै यही चैत २३ गते हुने आफ्नो भारत भ्रमणमा नेपाली सिने क्षेत्रका स्थापित कलाकारलाई पनि सहभागी गराउने घोषणा गरे। नेपाल विश्वकै ‘फिल्म हब’ बन्ने सक्ने र फिल्म निर्माणका लागि नेपाल जत्तिको सुन्दर मुलुक अन्त कही नभएको दाबी पनि गरे। ।

‘दोस्रो फान अवार्ड २०७३’ मा चलचित्र ‘छक्का पञ्जा’ उत्कृष्ट,चलचित्र ‘जात्रा’ बाट विपिन कार्की ‘सर्वोत्कृष्ट नायक’ को उपाधि हात पारे । यस्तै, चलचित्र ‘डाइङ क्यान्डल’ बाट श्रृजना सुब्बाले ‘उत्कृष्ट नायिका’ उत्कृष्ट निर्देशक विधा तर्फ भने ‘गाजलु’ बाट हेमराज विसीले अवार्ड हात पारे ।

२४ विधामा अवार्ड वितरण गरिएको उक्त कार्यक्रममा ‘दिर्घ साधना सम्मान’ वरिष्ट कलाकार नीर शाहलाई प्रदान गरियो । प्रधानमन्त्री ओलीले दोसल्ला ओडाउँदै शाहलाई १ लाख ११ हजार १ सय ११ धनराशीसहित सम्मानपत्र प्रदान गरे ।

‘फान अवार्ड २०७३’ का बिजेताहरु यसप्रकार छन् :
उत्कृष्ट कथाः जात्रा
उत्कृष्ट पटकथाः दीपकराज गिरी (छक्का पञ्जा)
उत्कृष्ट फिल्मः छक्का पञ्जा
उत्कृष्टः निर्देशकः हेमराज बिसी (गाजलु)
उत्कृष्टः अभिनेताः विपिन कार्की (जात्रा)
उत्कृष्ट अभिनेत्रीः श्रृजना सुब्बा (डाइङ क्याण्डल)
उत्कृष्ट नव-निर्देशकः दीपाश्री निरौला (छक्का पञ्जा)

उत्कृष्ट नव-नायकः आर्यन अधिकारी (के म तिम्रो होइन र)
उत्कृष्ट नव-अभिनेत्रीः सृष्टि श्रेष्ठ (गाजलु)
उत्कृष्ट सह-अभिनेताः जितु नेपाल
उत्कृष्ट सह-अभिनेत्रीः बर्षा राउत
उत्कृष्ट चरित्र अभिनेताः सन्तोष पन्त (किस्मत २)
उत्कृष्ट चरित्र अभिनेत्रीः गौरी मल्ल (के म तिम्रो होइन र)
उत्कृष्ट हाँस्य कलाकारः केदार घिमिरे (छक्का पञ्जा)
उत्कृष्ट खलपात्रः दीपकराज गिरी (छक्का पञ्जा)
उत्कृष्ट संवादः दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल (छक्का पञ्जा)
उत्कृष्ट द्वन्द्व निर्देशकः एनबी महर्जन (जय परशुराम)
उत्कृष्ट सम्पादनः मित्र डी. गुरुङ (जात्रा)
उत्कृष्ट छायांकनः रविन आचार्य (डाइङ क्याण्डल)
उत्कृष्ट गीतकारः डा. कृष्णहरी बराल (शब्द- हरपल रुवाउँछ)

उत्कृष्ट गायकः कालिप्रसाद बाँस्कोटा (पुरानो डुङ्गा- नीर)
उत्कृष्ट गायिकाः मीना निरौला (लुट २- ठमेल बजार)
उत्कृष्ट संगीतकारः राजनराज शिवाकोटी (छक्का पञ्जा- पूर्व पश्चिम रेल)
उत्कृष्ट नृत्य निर्देशकः कविराज गहतराज (छक्क पञ्जा- पूर्व पश्चिम रेल)



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv