पूर्व प्रेमीले फोटो र म्यासेज फैलाएपछि स्वेताले गरिन देहत्याग

बिराटनगर,असार ९ । सोमबार इन्गेजमेन्टको तयारी विराटनगरमा भईरहेको थियो । उदयपुर बेलका नगरपालिका–२ निवासी २४ वर्षीया श्वेता पोखरेलले आइतबार साँझ झु ण्डिएर देहत्याग गरिन् । उनको देहत्याग नभएर देहत्याग दुरुत्साहन भएको भन्दै परिवारले किटानी जाहेरी दिएपछि घटनाको भित्री पाटो बाहिर आएको छ । मृतककी बहिनी सरीता पोखरेलको जाहेरीका आधारमा घटना घटाउन बाध्य पार्ने आरोपमा प्रहरीले सुन्दरहरैंचा–१० का सबिन पराजुलीलाई नियन्त्रणमा लिईसकेको छ ।

विराटनगर–३ मा कोठा भाडामा लिएर बस्दै आएकी उनी सौर्य बचत तथा ऋण सहकारी संस्था प्रा.लि.मा काम गर्दै महेन्द्र मोरङमा अध्ययनरत थिइन् । त्यसैबेला बाबुआमाको सहमति अनुसार विराटनगर–३ का २८ वर्षीय युवकसँग उनको विवाहको टुङ्गो लागेको थियो । श्वेताले अकास्मात् यस्तो निर्णय लिनुपर्ने पृष्ठभूमि कसरी तयार भयो त ?तीनवर्षदेखि उनी मोरङ सुन्दरहरैंचा–१० निवासी सविन पराजुलीसँग प्रेम सम्बन्धमा थिइन् । विवाह गर्नका लागि उनले आफ्ना प्रेमीसँग बारम्बार आग्रह र अनुरोध गरिन् । दुवैजना महेन्द्र मोरङ क्याम्पस विराटनगर नै पढ्थे ।
श्वेतासँगै जीवन बिताउने लक्ष्य नराखेका सबिनले उनीसँग तत्काल विवाहको सहमति दिन सकेनन् । त्यसपछि श्वेताले परिवारसँगको सल्लाहकै आधारमा दोस्रो केटासँग मागि विवाह गर्ने निचोड निकालिन् र सोमबार फुलमाला र असार १४ गते विवाह बन्धनमा बाँधिने निर्णयमा दुवै परिवार पुग्यो । त्यसपछि, पूर्वप्रेमीले यो विषय थाहा पाए । उनले श्वेताको विवाह भाँड्ने निष्कर्षका लागि पुराना आफूसँगै बिताएका तस्वीरहरु बाँड्न थाले । श्वेताको विवाह हुँदै गरेको घरसम्म बहिनी नातामा पर्ने युवतीबाट फोटो पुग्यो ।

इन्गेजमेन्टको अघिल्लो दिनसम्म आउँदा श्वेतामाथि पनि सबिनको असंख्यक दवाव परिसकेको मृतकका परिवारले बताएका छन् । निकट भविष्यमै श्रीमान् बन्ने केटासम्म पनि फोटोहरु पुगेपछि श्वेताले यूएईमा काम गर्दै गरेकी आफ्नी दिदीलाई समेत जानकारी गराएकी थिइन् । तर, दिदीले केहि हुँदैन, चुप लागेर विवाहको तयारीमा जुट्न भनेकी थिइन् । तर, श्वेताले म्यासेजमा भनिन्–मेरो जीवनमा के आइलाग्यो, मर्छु क्यारे !

विवाह तय गरेको दोस्रो केटाले समेत श्वेतालाई भनेका थिए–तिम्रो पहिलो प्रेमीसँग यतिधेरै माया साटिईसकेको रहेछ, अब विवाह नगरौं ! त्यसले श्वेतालाई देहत्याग गर्नुपर्ने निर्णयमा पुग्नु बाहेक विकल्प रहेन । कारण सबिन बनेपछि उनले आईतबार साँझ ६ बजे अन्तिम बाटो रोज्न बाध्य भईन् ।

मोरङ प्रहरीका प्रहरी नायव उपरीक्षक मानबहादुर राईले परिवारले दिइएको जाहेरीका आधारमा आरोपित पराजुलीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेको जानकारी दिनुभयो । प्रहरीले घटनामा बहुपक्षीय अनुसन्धान गर्नुपर्ने बताउँदै आएको छ । मृतक श्वेताकी बहिनी सरीता पोखरेलले दिइएको जाहेरीमा सबिनसँगको प्रेम सम्बन्ध, प्रेम सम्बन्ध विवाहमाा बाँधिन नसकेपछि दोस्रो विवाह तय र त्यसपछि पुनः सबिनले दिइएको दवावको विषयमा उल्लेख गरेकी छिन् । मृतकको पोष्टमार्टमपछि परिवारले लास बुझेर दाहसंस्कार आजै गरिएको छ । श्रोत ताजाखबर



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv