गायक कृष्ण काफ्लेको आवाजमा मौलिक तिज गीत “जाम कि नजाम भो ” भिडियो सहित

काठमाण्डौं,असार १० । नेपाली नारीहरुको मौलिक पर्वको रुपमा रहेको हरितालिका तिजलाई मध्यनजर गदैँ गायक कृष्ण काफ्ले र गायिका मिरा तामाङको आवाजमा सजिएको “जाम कि नजाम भो ” गीतको भिडियो बजारमा आएको छ ।

कृष्ण काफ्लेको शब्द तथा लय सिर्जना गीतमा रहेको छ । गीतको महेश पुनको एरेन्ज तथा मिक्सिङ कृष्ण पुनले गरेका छन । मौलिक रुपमा तयार पारिएको गीतमा चेली को मनको पिडालाई समेटिएको छ । गीतका शब्दहरु मौलिक सिर्जनाको विकाश गर्नुपर्ने आधार मा तयार गरिएको छ । चेलीले भोगेको पिडा र उसको परिवार सगँको आपसी मायालाई गीतमा समेटिएको कारणले पनी आम दर्शक तथा स्रोताले मन पराउनेमा आफु आशावादी रहेको गायिका मिरा तामाङले बताइन ।
दुर्गा पौडेलको छायाँकन , नविन घर्तिमगरको सम्पादन तथा दुर्गा पौडेलको निर्देशन तथा माधव श्रेष्ठको कोरियोग्राफी भिडियोमा रहेको छ । “जाम कि नजाम भो ” गीतको भिडियोमा मिरा तामाङ र कृष्ण काफ्लेको अभिनय तथा नृत्य रहेको छ ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv