चर्चित गायक प्रमोद खरेल र गायिका प्रविशा अधिकारीको ‘तिम्रो मेरो साथ’ बोलको म्युजिक भिडियो सार्वजनिक

काठमाण्डौं,असार १३ । चर्चित गायक प्रमोद खरेल र गायिका प्रविशा अधिकारीको युगल स्वरमा रहेको गीत ‘तिम्रो मेरो साथ’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।

रोमाण्टिक भर्सनको यो गीत साँचो माया प्रेममा डुबिरहेका प्रेमिल जोडीको कथा बस्तुमा आधारित छ । प्रेमीहरु एक अर्का को साथ् बिना कति अधुरो छ भन्नेकुरा गितले बोलेको छ । चोखो माया गर्ने जोडीका लागि बनेको यस गीतमा स्वर प्रमोद खरेल र गायिका प्रविशा अधिकारीको रहेको छ भने शब्द र संगित किरणबाबु पुनको रहेको छ ।

म्युजिक भिडियोमा एलिशा पुन मगर र राजकुमार मगर फिचर्ड छन्। बिभिन्न सुन्दर ठाऊमा छायांकन गरिएको भिडियोमा एलिसा र राजकुमारको रोमान्स देख्न सकिन्छ। अमर सुनारले कोरियोग्राफी गरेको भिडियोलाई बुद्ध थापाले छायांकन गरेका हुन् । यसै म्युजिक भिडियो मार्फत अभिनयमा डेब्यु गरेका राजकुमार मगरको सम्पादन र निर्देशनमा भिडियो तयार पारिएको हो।

प्राण पुन मगरको लगानीमा निर्माण भएको भिडियोलाई प्राण डिजिटल मार्फत सार्वजनिक गरिएको छ । म्युजिक भिडियोलाई दर्शक ,स्रोता र मिडिया हाउसबाट सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ । म्युजिक भिडियोलाई माया गरिदिन टिम ‘तिम्रो मेरो साथ’ले आग्रह गरेको छ ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv