नेपालमा १४ जिल्ला, ७२ वटा प्रदेश भने पछी नायिका पूजा शर्मा आलोचित

अभिनेत्री पूजा शर्मा नेपाली सिनेमा क्षेत्रमा सर्वाधिक चर्चा आइरहने अभिनेत्री हुन भन्दा फरक नपर्ला। नेपाली नायिकहरु मध्ये सर्वाधिक महंगो पारिश्रमिक लिने अभिनेत्री शर्मा यस पटक भने नेपालको जिल्ला र प्रदेश कति छन् भन्ने प्रश्नको गलत जवाफ दिएका कारण विवादमा परेकी हुन्। सामाजिक सञ्जालमा उनको अन्तर्वाताको सानो अंश यतीबेला भाइरल भइरहेको छ।


खासमा उनले सिनेमा ‘म यस्तो गीत गाउँछु २’ को प्रचारप्रसारको क्रममा झण्डै ३ महिना अगाडि दिएको एक अन्तर्वाता यती बेला सामाजिक सञ्जालमा भाइरल भएको हो। रंगपत्रकार प्रकाश सुवेदीले ‘रजतपट अंकल’मा लिइएको एक अन्तर्वातामा उनले नेपालमा कति वटा प्रदेश छन् भनेर सोधेका थिए। जवाफमा अभिनेत्री पूजा शर्माले अक्मकिदै ७२ वटा भनेर जवाफ फर्काएकी छन्। केही असहज मानेकी पूजाले हाँस्दै परिस्थिती सहज बनाउने प्रयत्न गरेकी छन् भने रंगपत्रकार सुवेदीले ‘फोन अ फ्रेण्ड’ गरौँ भन्दै जिस्काएका छन्।

गलत जवाफ आएपछि सुवेदीले फेरि सोध्दछन्, ‘अञ्चल छाडौँ नेपालमा कतिवटा जिल्ला छन्?’ भनेर प्रश्न थपेका छन्। यस प्रश्नको जवाफमा अभिनेत्री शर्माले ‘१४ वटा’ भनेपछि हाँसो फैलिन्छ। सुवेदीले जिस्कदैँ भन्छन्, ‘गज्जब भन्नु भो ताली बजाउँ ?’


सामाजिक सञ्जालमा भाइरल भएको यो क्लिपलाई लिएर धेरैले पूजाको आलोचना गरेका छन् भने केहीले सानो भिडियो क्लिपको आधारमा पूजाको आलोचना गर्न नहुने भनेका छन्। भिडियो क्लिप भाइरल भएपछि युट्युव च्यानलबाट हाटाइएको उक्त भिडियोमा के थियो त ? धेरैलाई खुल्दुली हुन सक्छ।

खासमा अन्तर्वाताको क्रममा कार्यक्रम प्रस्तोता सुवेदीले अलिकती ‘आउट अफ ट्रयाकका कुरा गरौँ’ भन्दै पूजालाई प्रश्न गर्न थाल्छन्। राजनीतिक नेताहरुको बारेमा कुरा गर्दै सुरु गरेको ‘आउट अफ ट्रयाक’ प्रश्नमा पूजालाई देशको अर्थमन्त्रि को हो भनेर सोधेका छन्। त्यसबारे जानकारी नरहेको जवाफ आएपछि प्रस्तोताले सोद्धछन्, ‘ल त्यसो भए तपाई पुर्व सञ्जारकर्मी भएको मान्छे। अहिले पनि सञ्चार क्षेत्रमै हुनुहुन्छ, त्यस हिसावले सञ्चार मन्त्रीको नाम के हो ? भनेर सोधेका छन्।

यस बारेमा जानकारी नभएको भन्दै पूजाले भनेकी छन्, ‘अहिलेको की पहिलेको ?’ कार्यक्रम प्रस्तोताले ‘यो भन्दा पहिलेकै सञ्चारमन्त्रिको नाम भन्नुस न त’ भनेर सोधिएको प्रश्नमा पूजाले ‘फोनमा के काण्ड भएको थियो नी’ भन्दै जवाफ दिन्छिन्। नाम भन्न नसकेकी पूजालाई प्रस्तोताले नै अहिलेको अर्थमन्त्रि तथा सञ्चारमन्त्रि डा. युवराज खतिवडा हुनुहुन्छ भने यस अघि सञ्चारमन्त्री गोकुल बास्कोटा हुनुहुन्थो भनेर स्पष्ट पार्छन्।

अन्तर्वातामा ‘आउट अफ ट्रयाक’ प्रश्नका क्रममा प्रस्तोताले देशको बहालवाल ५ वटा मन्त्रिका नाम भन्नुस् मन्त्रालय कुन हो भनेर भन्नु पर्दैन भनेर सोधेका छन्। पछि फेरि घटाएर ३ जना मन्त्रिको नाम भन्नुस भनेपछि जवाफमा ‘बामदेव गौतम, बाबुराम भट्टराई, प्रचण्ड’का नाम लिएका पूजालाई तत्पश्चात अझै सरल होस् भन्दै देशको प्रदेश संख्या र जिल्लाको संख्या सोधिएको हो। जसमा उनी नराम्रोसंग झुक्किएकी छन्।बामदेव, बाबुराम, प्रचण्ड हाल कुनै पनि मन्त्रालयका मन्त्रि छैनन्।

उनको एक पछि अर्को गलत जवाफ र सामान्य ज्ञानको कमजोरी थाहा पाएका प्रस्तोता सुवेदीले चलाखीपुर्ण ढंगले अन्तर्वाता सकिएपछि यो प्रश्नहरुको जवाफ दिएको अंश सम्पादन गर्नलाई अनुरोध गर्न पाइदैन है भन्दै कुरा बढाएका छन्।

आफूलाई सहज बनाउन पूजा शर्माले आफूलाई राजनीतिले अहिले सम्म सिनेमा क्षेत्रलाई केही नदिएको भन्दै देशका मन्त्रि वा ठूला मान्छे चिनेर पनि फाइदा नभएको तर्क पेश गरेका छन्। आफूले अहिले सम्म भोट नदिएको समेत उल्लेख गरेकी पूजाले आफ्नो काममा मात्रै ध्यान दिने भएकोले यस्ता सामान्य ज्ञानका कुराहरु आफूलाई खासै जानकारीमा नभएको स्विाकार गरेकी थिईन्।

यद्यपी उनी देशको कलाकार भएको कारण देशकै सामान्य ज्ञान नभएको भन्दै धेरैले दुख व्यक्त गर्दै आलोचना गरेका छन्। उनको आलोचना बढ्न थालेपछि रजतपट अंकलको सो अंक युट्युव बाट हटाइएको छ।सो अंक युट्युवबाट किन हट्यो त ? यसबारेमा जानकारी लिदाँ प्रस्तोता सुवेदीले आफू बाहिर रहेको कारणले के भएको हो भन्ने कुरा थाहा नभएको भन्दै अनविज्ञता प्रकट गरेका छन्।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv