पत्रकारहरुको तलब काट्ने र जागिरबाट निकाल्ने संचार गृहको बिरोधमा नेपाल पत्रकार महासंघको प्रदर्शन

काठमाण्डौं,असार १९ । नेपाल पत्रकार महासंघले कोरोना संक्रमणको महामारीको बहाना पारेर ठुला संचारगृहले श्रमजिवी पत्रकार निकाल्ने र संचारगृह बन्द गर्ने कार्यको बिरोध गरेको छ ।

शुक्रबार राजधानीमा बिरोध प्रदर्शन कार्यक्रम गर्दै उक्त कुरा को बिरोध गरेको हो ।

जागिरबाट निकालिएका पत्रकार र पत्रकारका विभिन्न १३ संगठनहरूले प्रदर्शन गरेको थियो ।

कोरोना भाइरसको महामारीलाई देखाएर मिडिया मालिकले पत्रकारहरूलाई जागिरबाट निकालेको, तलब नदिएको, तलब कटौती गरेको विरोधमा पत्रकार महासंघ, नेपाल फोटो पत्रकार समुह लगायतका संगठनहरुको एक्यबद्धता रहेको थियो ।

श्रमजिवी पत्रकारहरुलाई ब्यवस्ता गरी तलब काट्ने र जागिरबाट निकाल्ने संचार गृहको अगाडि भोली देखी धर्ना दिने बिरोध कार्यक्रम रहेको उपस्थित बक्ताहरुले बताए ।

‘सञ्चार गृहले कमाएको अर्बौं मुनाफा खोई’, ‘कोरोना कालको पहिलो महिनामै पत्रकारको बिचल्ली’, ‘मालिक भोज र तडकभडकमा पत्रकार भोकै सडकमा’,”हाम्रो तलब को ब्यवस्था गर ” जस्ता लेखिएका नाराहरू लेखेका प्लेकार्ड बोकेका थिए।  

अहिलेसम्म १५ वटा मिडिया हाउसका पत्रकारले आफ्नो जागिरमा समस्या भएको भन्दै महासंघमा निवेदन दिएको उनले जानकारी दिए।  यसरी निवेदन दिनेमा राष्ट्रिय स्तरका दैनिक पत्रिका, रेडियो र टेलिभिजन रहेको आचार्यले बताए। 



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv