अमाजनले महामारीका बीचअग्रपन्थीमा काम गरेका कामदारलाई बोनस दिने

अमेरिका,असार २० । अमाजोनले आफ्नो अधिकारिक ब्लग मार्फत महामारीका बीच अग्रपंक्तिमा रहेर ग्राहकहरुलाई सेवा पुर्याएका आफ्ना कामदारहरुलाई एक पटकको लागि करिब ५० करोड डलर भन्दा बढी धन्यबाद बोनस स्वरुप बाड्ने बताएको छ । कम्पनिले आफ्नो ब्लगमा जानकारी दिए अनुसार बोनस अमाजोन र होल फुड्समा कार्यरत कामदारका साथै डेलिभरी पार्टनर ड्राइभरहरुलाई समेत प्रदान गरिनेछ लेखेको छ ।

‘हाम्रो फ्रन्ट-लाइन अपरेसन टिमहरु गत केही महिनादेखि लगातार ग्राहक हरुको सेवामा छन्, र हामी एक पटक धन्यवाद बोनस सहित उनीहरुको प्रशंशा गर्न चाहन्छौ ” ब्लगमा उल्लेख छ । बोनस पूर्ण कालिन कामदार हरुको हकमा जनही ५०० डलर , पार्ट टाइम कामदारको हकमा जनही २५० डलर , नेतृत्व तहका कर्मचारीहरुका लागि जनही १००० डलर र जुन मा १० घण्टा भन्दा बढी सेवा दिएका अमाजोन फ्लेक्स ड्राइभरहरुलाई जनही १५० डलरका दरले प्रदान गरिने छ । अमाजोन कोरोना महामारीका बीच पनि सबैभन्दा धेरै कमाई गर्ने कम्पनी मध्य पर्दछ जसले गत बर्षको तुलनामा यस बर्षको पहिलो चौमासिक व्यापार करिब २६ प्रतिसतले बढी रहेको जनाएको थियो ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv