काठमाण्डौमा थप २७ जना कोरोना संक्रमित

काठमाण्डौं,असार २१ । काठमाडौं उपत्यकामा थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइतबार ३० जनामा कोरोना संक्रमण पुष्टि गरेका हुन्।

मन्त्रालयका अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण देखिएको हो।

संक्रमित हुनेमा काठमाडौंका २७ जना, भक्तपुरका १ र ललितपुरका २ जना गरी जम्मा ३० जनामा कोरोना संक्रमण देखिएको हो। पछिल्लो समय उपत्यकामा कोरोना संक्रमण दर दिनप्रतिदिन बढ्दै गएको छ।कोरोना संक्रमणबाट बच्न सामाजिक दूरी कायम राख्न, अनावश्यकरुपमा घर बाहिर नजान र अनिवार्य मास्क प्रयोग गर्न स्वास्थ्य मन्त्रालयले आग्रह गर्दै आएको छ।

यस्तै आइतबार थप २९२ जनामा कोरोना संक्रमण देखिएको छ। मन्त्रालयका अनुसार योसहित संक्रमितको संख्या १५ हजार ७८४ पुगेको हो। १३२ जनाले कोरोना जितेर घर फर्किएको मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिए । योसहित कोरोना जित्नेको संख्या ६ हजार ५४७ पुगेको छ।मन्त्रालयका अनुसार कोरोनाबाट मृत्यु हुनेको संख्या ३४ पुगेको छ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv