रुकुममा भयो यस्तो घटना सामाजिक संजालमा भाईरल प्रहरीले निकाल्यो बिज्ञप्ती

काठमाण्डौंं,असार २४ । जिल्ला रुकुम (पश्चिम) आठबिसकोट नगरपालिकामा नगर प्रहरी र नेपाल प्रहरीले कुट्पिट गरेको भिडियो सामाजिक संजालमा भाईरल भएको घटना प्रति नेपाल प्रहरीको गम्भिर ध्यानाकर्षण भएको भएको बताएको छ ।

उक्त घटनाको सत्य तथ्य छानविनका लागी ३ (तीन) सदस्यीय छानविन समिति गठन गरी अनुसन्धान शुरु गरिएको पनि जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रुकुम पच्चिमका सुचना अधिकारी प्रहरी निरिक्षक कवीराज रोकाया द्धारा प्रेषित जानकारी सम्बन्धमा सिर्षकमा उल्लेखित बारे लेखेको छ ।

जिल्ला रुकुम (पश्चिम) आठबिसकोट नगरपालीकाको नगर प्रहरी र नेपाल प्रहरीले मिति २०७७।०२।०१ गते एक महिला माथी कुटपिट गरेको घटनाको भिडियो सामाजिक संजाल मार्फत मिति २०७७।०३।२३ गते प्रेसित भएको घटना र महिलालाई निर्घात कुटपिट गरेको भिडियो भाईरल भन्ने शीर्षकको आजै अनलाईन खबर पत्रिकामा प्रकाशित भएको घटना सम्बन्धमा यस कार्यालयको गम्भिर ध्यानाकर्षण भएको छ ।

उक्त घटनाको सत्य तथ्य छानविनका लागी प्रहरी निरीक्षक कबिराज रोकायको संयोजकत्वमा ३ (तिन) सदस्यीयछानविन समिति गठन गरी उक्त घटना सम्बन्धमा अनुसन्धान भइरहेको । जनाएको छ ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv