कोरोनाको उपचार गराई रहेका भारतीय अभिनेता अमिताभ बच्चन ले अस्पतालबाट शेयर गरेको पोस्ट भाईरल

मुम्बई,साउन १ । बलिवूडका प्रख्यात अभिनेता अमिताभ बच्चनले यस्ता ६ स्वभावका ब्यक्तीहरुबाट टाढा रहन आफ्ना शुभचिन्तकहरुलाई इन्स्टग्राम मार्फत सल्लाह दिएका छन । उनले आफ्नो इन्स्टाग्राममा संस्क्रितमा लेखेका छन । ईर्ष्यी घृणी त्वसंतुष्ट: क्रोधनो नित्यशड्कितः।*
*परभाग्योपजीवी च षडेते दुखभागिनः।।*

अर्थात-सबै संग इर्श्या गर्ने ,घृणा गर्ने, असंतोषी, क्रोधी,सँधै संका गर्ने र सँधै अरुको आश्रयमा जिउन चाहने यी छ प्रकार का ब्याक्ती सँधै दुखी रहन्छन । त्यसैले यस्ता प्रकारका ब्यक्तीहरु सँग टाढै रहनु पर्छ । भन्नु भएको छ ।

बिग बी ले उक्त श्लोक मार्फत यस्ता ६ प्रकारका मनुश्य सधैंंभरी दु:खी रन्छन त्यसैले टाढै रहनु भन्ने सुझाव दिएका हुन । यो भन्दा पहिला उनले एउटा फोटो शेयर गर्दै उनले हिन्दिमा लेखेका छन
सेवा भाव समर्पण

ईश्वर रूपी देवता ये

पीड़ितों के संबल ये

स्वयं को मिटा दिया

गले हमें लगा लिया

पूजा दर्शन के स्थान ये

परचम इंसानियत के
उनका शुभचिन्तकहरुका अनुसार कबिता पढेर भन्छन वहाँले डक्टरहरुलाई धन्यवाद दिएको हुनु पर्छ । कोरोना संक्रमणको महामारीमा जसले आफ्नो जीवनको प्रवाह नगरी सेवामा जुटेका छन ।
अमिताभ आफैले गत शनिबार राति आफूलाई कोरोना भाइरसको संक्रमण भएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन् ।

उनले आफू कोरोना भाइरस संक्रमित भएको पुष्टि भएपछि अस्पतालमा आइसोलेसनमा बसेको जानकारी आफ्ना शुभेच्छुकहरुलाई गराउनु भएको थियो । हाल मुम्बईको नानावती अस्पतालमा उनी र छोरा अभिषेक सँगै उपचार भईरहेको छ ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv