महालक्ष्मी विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा सागर शर्मा नियुक्त

काठमाण्डौं,साउन ६ ।  महालक्ष्मी विकास बैंकले कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा यसअघि बैंकको बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत सागर शर्मालाई नियुक्त गरेको छ ।

बैंकमा रिक्त रहेको प्रमुख कार्यकारी अधिकृत पदमा मिति २०७७ श्रावण ०२ गते बसेको सञ्चालक समितिको निर्णयले शर्मालाई नियुक्त गर्ने निर्णय गरेको हो ।

बैंकले नव नियुक्त कार्यकारी अधिकृत शर्मालाई केन्द्रीय कार्यालयमा आज भव्य कार्यक्रमबीच स्वागत गरेको छ ।

उक्त कार्यक्रममा बैंकका नवनियुक्त कायम मुकायम प्रमुख कार्यकारी अधिकृत शर्माले बैंक प्रतिको जनविश्वास, निष्ठा कायम राख्दै गुण्स्तरिय सेवा प्रदान गर्न सदा आफु तत्पर रहने प्रतिबद्घता जनाए ।

नवनियुक्त अधिकृत शर्माले बैंकको लक्ष्य र उद्देश्य प्राप्तिका लागि आफु साथसाथै सम्पूर्ण कर्मचारीलाई प्रयत्नशिल रहन आग्रह समेत गरे ।

उनले बैंकप्रतिको जनविश्वास बढाउँदै गुणस्तरिय सेवा प्रदान गर्नमा सम्पूर्ण बैंक परिवारलाई जुट्न आग्रह गरे ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv