अभिनेता राजेश हमाललाई भातृ शोक

काठमाण्डौं,साउन ७ । अभिनेता राजेश हमाललाई ठूलो शोक परेको छ । उनको परिवारका एक सदस्यले यो सन्सार छोडेका छन् । राजेश हमालका आफ्नै भाई राकेशको निधन भएको हो ।
राजेशका भाई कलेजोका रोगी थिए । उनको भारतमा उपचार भै रहेको थियो ।

नयाँ दिल्लीस्थित ह्याम्स अस्पतालमा उपचारका क्रममा राकेशको निधन भएको हमाल परिवारले जानकारी दिएको छ ।

राकेशलाई केही दिनअघि प्लेन चार्टर्ड गरेर दिल्ली पुर्‍याइएको थियो । दिवंगत राकेशका श्रीमती र दुई छोराछोरी छन् ।

अभिनेता राजेशका एकमात्र रहेका भाइ राकेशको निधन भएसँगै हमाल परिवार शोकमा परेको छ । उनको शवलाई नेपाल ल्याउने विषयका छलफल भइरहेको परिवार श्रोतले जानकारी दिएको छ । अभिनेता राजेश तीन दिदीबहिनी छन् ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv