लकडाउन हटेपनि काठमाण्डौ छिर्न यस्तो नियम लागु

काठमाण्डौं,साउन ७ । कोभिड १९ को संक्रमण रोक्न चैत ११ देखि लागू गरेको बन्दाबन्दीलाई झण्डै चार महिनापछि गए रातिदेखि लागू हुने गरी विधिवत् रुपमा अन्त्य गरेसँगै सरकारले अधिकांश सेवा सञ्चालन गर्ने निर्णय गरेको छ । आर्थिक गतिविधिलाई सहजीकरण गर्दै यसअघि केही सेवा सञ्चालन गरिएकामा सोमबारको निर्णयले अन्य थप सेवा सञ्चालन हुने भएको छ । जोखिम कायम रहेका केही सीमित गतिविधिमा रोक लगाउने यसअघिको निर्णय भने कायम राखेको छ ।

यसै क्रममा सरकारले गएरातिदेखि पूर्ण रूपमा लकडाउन सकिएको बताए पनि काठमाडौं उपत्यका प्रवेशमा भने पास चाहिने भएको छ। अन्तर जिल्ला सवारी साधन सञ्चालन गर्न रोक लगाइएकाले पास लिनुपर्ने व्यवस्था निरन्तर रहेको गृह मन्त्रालयले जनाएको छ। ‘लकडाउन सकिएको भए पनि अन्तरजिल्ला सवारी साधन चलाउन पाइँदैन। त्यसैले काठमाडौं प्रवेशका लागि पास चाहिने व्यवस्था निरन्तर भएको गृहमन्त्रालयले जनाएको छ ।

सरकारले भदौ १ गतेदेखि मात्रै अन्तरजिल्ला सवारी साधन सञ्चालन गर्न पाइने बताएको छ। तर अत्यावश्यक काम हुनेले जिल्ला प्रशासन कार्यालयबाट सवारी पास लिएर काठमाडौं आउन भने पाउँछन्। त्यसका लागि आफू बस्ने स्थानीय तहको सहमति चाहिन्छ।

त्यस्तै सरकारले अन्तर्राष्ट्रिय सिमानाबाट नेपाल प्रवेशमा लगाएको रोक कायमै राखेको छ । यसरी प्रवेश गर्ने सबै विन्दु र खुला सिमानाको जुनसुकै स्थानबाट हुनसक्ने यात्रुको आवागमन स्थगित गर्ने यसअघिको निर्णयलाई आगामी साउन ३२ सम्म कायमै राखेको छ । तर अत्यावश्यक सामग्रीको ढुवानी तथा असहज परिस्थितिमा स्वदेश आउनै पर्ने अवस्थामा व्यक्तिका लागि भने तोकिएको विन्दुबाट प्रवेशको व्यवस्था गरिनेछ ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv