सीतापाइलामा युवतीलाई एसिड प्रहार गर्ने दुई जना पक्राउ

काठमाण्डौं,साउन ९ । काठमाडौंको सीतापाइलामा युवतीलाई एसिड प्रहार गर्ने दुई जना पक्राउ परेका छन् । काठमाडौं प्रहरी परिसर र महानगरीय अपराध अनुसन्धान महाशाखाको संयुक्त टोलीले उनीहरुलाई डल्लुबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा रौतहटको लक्ष्मीपुर घर भई हाल डल्लु बस्ने मोहम्मद आलम र भारत घर भई डल्लुमा कालीगढको काम गर्ने मुन्ना मोहम्मद छन् । उ नीहरु बिहीबार राति ११ बजे डल्लुबाट पक्राउ परेको महानगरीय अपराध अनुसन्धान महाशाखाले जनाएको छ । उनीहरुले केटीले अर्कै केटालाई मन पराएको थाहा पाएपछि ट्वाइलेट–बाथरुम सफा गर्ने एसिड प्रहार गरेको बताएका छन् ।

बिहीबार साँझ दही किन्न भनेर निस्किएकी ओखलढुंगाकी २२ वर्षीया युवतीमाथि एसिड प्रहार भएको थियो । उनीहरुलाई सीसीटीभी फुटेजमा देखिएको हुलियाको आधारमा प्रहरीले दुई जनालाई पक्रन सफल भएको हो ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv