सान इन्टरनेशनल कलेज द्धारा मेमोरी किङ ले चर्चा पाएका बिजय शाही लाई सम्मान

काठमाण्डौं,साउन १४ । सान इन्टरनेशनल कलेज ले ११ क्लासमा पढेका आफ्नो विद्यार्थी बिजय शाही लाई सम्मान गरेको छ ।

मंगलबार कलेजको सभा हलमा आयोजित कार्यक्रममा मेमोरी किङ ले चर्चामा आएका शाहीलाई कलेजको ब्राण्ड एम्बेस्डर बनाउँदै सम्मान गरेको हो । सो कार्यक्रममा बाँसुरीबादक प्रताप केसी लाई पनि सम्मान गरिएको थियो ।

संचालक अध्यक्षले भने “यस कलेजलाई शाही जस्ता प्रतिभावान विद्यार्थी जन्माउन पाउँदा गर्व लागेको छ । कलेजले शाही जस्ता थुप्रै विद्यार्थी जन्माइ सकेको र विश्वभर कुनै न कुनै कलेजमा राम्रो पढाई गरी रहेका छन । हामीले अबका दिनमा बायोटेक्नोलोजी पढाउने तयारी गरीरहेका छौं । स्तरिय पढाई दिन हालसम्म कटीबद्ध भएर लागि रहेका छौं ।”

ॐ डेन्टल समाजका अध्यक्ष एवम कलेजका संचालक डा सुवास घिमिरेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा कामनापा वडा न ५ का अध्यक्ष र सदस्य क्रमश राजेन्द्र श्रेष्ठ,उत्तम शर्मा, बरिष्ठ संचारकर्मी तथा पत्रकार महासंघ नेपालका केन्द्रिय सदस्य गोबिन्द चौलागाई लगायतका ब्यक्तित्वहरु को उपस्थिती रहेको थियो ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv