एसिड आक्रमणमा परेकी पर्बित्रा कार्कीको आज अपरेशन हुँदै (हेर्नुहोस् भिडियो)

काठमाण्डौं,साउन १५ । एसिड आक्रमणमा परेकी पर्बित्रा कार्कीको आज अपरेशन हुँदैछ । उनलाई किर्तीपुर अस्पातलमा भर्ना हुँदाको समय देखी उपचारमा संलग्न डाक्टर कपिल दुवाडीका अनुसार उनको कान पछाडिको कपाल आउने भागमा अन्यत्र भन्दा बढी क्षती भएको बताउनु भएको छ ।

उनलाई अस्पातल भर्ना गर्ने बेलामा ल्याईएको अवस्था भन्दा अली जटिल रहेको र सल्यक्रिया पछी वास्तविक अवस्था कस्तो हो भनेर भन्न सकिने डा दवाडी ले बताउनु भयो ।

डा दवाडी ले भन्नु भयो ‘उहाँ धेरै जल्नु भएको छैन । २ देखि ३ प्रतिशत मात्रै जलेको छ । थोरै अनुहारको भाग परेको छ । आज हामीले शल्यक्रिया गर्दैछौं ।

कार्कीलाई काठमाडौँको सीतापाइलामा गत साउन ८ गते बिहीबार साँझ भारतको विहार घर भई डल्लु बस्दै आएका फैयाज आलमले तेजाब प्रहार गरेका थिए। फैयाजसँगै बस्दै आएका रौतहट लक्ष्मीपुर–४ का मोहम्मद आलमले युवतीमाथि एसिड छ्याप्न लगाएका थिए । हेर्नुहोस् भिडियो :-



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv