भारतको उड्यन क्षेत्रको सुधार तथा स्तरोन्नतीको लागि मन्त्री प्रभु र ईं.कँडेलबीच भेटवार्ता

काठमाडौं, ११ कात्तिक । भारतीय वाणिज्य, उद्योग तथा नागरिक उड्ययनमन्त्री सुरेश प्रभाकर प्रभु र नेपाली ईं दिपेन्द्र कँडेलबीच भारतको नागरिक उड्ययनको विकास र स्तरोन्नतीकोलागि विशेष छलफल भएको छ ।

मन्त्री प्रभाकरको कार्यकक्षमै उनीहरुबीच छलफल भएको कँडेलले जानकारी दिएका छन् । उनले भने,‘भारतीय नागरिक उड्ययनमन्त्रीसँग आईकाओले भारतलाई दिँदै आएको ६६ प्रतिशत अंकबाट ५७ प्रतिशतमा झारेको भनेर पहिलोपटक जानकारी गराउने मान्छे म हुँ । मैले उहाँलाई यो अंक अति नै न्यून हो, यसलाई बढाएर कम्तिमा ८० प्रतिशत पुर्याउनुपर्छ भनेर सुझावसमेत दिएँ । यसो गर्न सकियो भनेमात्रै देशलाई स्तरोन्नती गर्न सक्छौं ।’
कँडेलका अनुसार सन् २०१७ मा सम्पन्न आईकाओको ‘युनिभर्सल सेफ्टी ओभरसाईट अडिट प्रोगाम’ले भारतलाई उक्त अंक दिएको हो । उनले भने,‘आईकाओले भारतलाई दिएको यो अंक निकै कम हो । यो निर्धारित लक्ष्य अकं भन्दापनि कम हो ।’

कँडेलले भारत सरकारसँग यो क्षेत्रको विकास र स्तरोन्नतीको लागि सहकार्य गर्ने ईच्छा व्यक्त गरेका छन् । उनले भने,‘यो कुरा मैले स्वयम् भारतीय मन्त्री प्रभाकरलाई पनि आग्रह गरेको छु । म युएईको मोहम्मद बिन रसिद स्कुल अफ गभर्मेन्टसँग सहकार्यमा काम गर्दै आईरहेको छु । अहिले युएईको ¥यांकिङपनि विश्वकै नम्बर एकमा छ । त्यसैले म युएईको सहकार्यमा काम गर्न चाहन्छु । युएई एक नम्बर रहनुमा महामहिम शेख मोहम्मद बिन रसिद अल मोक्तुमको दुरदृष्टि र उनीद्धारा गठित थिंक ट्यांकको साथ र सहयोग महत्वपूर्ण छ ।’

नेपालमा आधिकारिक रुपमा दर्ता गरिएको कँडेलको थिंक ट्यांक ‘दिपेन्द्र कँडेल ईनिसियटिभ’ ले पनि दक्षिण एशियाली तथा दक्षिण अफ्रिकी देशहरुको नागरिक उड्ययनको अवस्थालाई पनि स्तरोन्नती गर्दै विद्यमान अंकलाई बढाएर कम्तिमा ८० प्रतिशत पुर्याउने कँडेलको उद्देश्य छ।

कँडेलले यसअघि नै नेपालको नागरिक उड्यनन प्राधिकरणको विकास र स्तरोन्नतीको लागि काम सुरु गरिसकेका छन् । कँडेलका अनुसार अहिलेसम्म उनले नेपालभित्र तथा बाहिरका विभिन्न सरोकारवाला निकायका पदाधिकारीहरुसँग विभिन्न चरणमा छलफल तथा अन्तरक्रिया समेत गरिसकेका छन् ।
उनले भने,‘मेरो पहिलो योजना अब त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गलाई पूनर्निमाण गराउने रहेको छ । यसको लागि म अहिले दिनरात सरकारी तथा निजी दुवै क्षेत्रसँग सम्वादमा छु । सरकारले सकारात्मक सन्देश दिए तत्काल् काम अगाडि बढाउन सकिन्छ भन्नेमा पनि म पूर्ण विश्वस्त छु ।’



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv