संविधानले हरेक नागरिकलाई स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकारको  ग्यारेण्टी गरेको छ :मन्त्री बस्नेत

काठमाडौं १७ चैत । ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) को आयोजनामा सुरु भएको ‘आत्मनिर्भर पर्यटनका लागि सफा वातावरण’ नामक सरफाई तथा  जनचेतना मुलक कार्यक्रमलाई वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले उद्द्घाटन गर्दै घर भित्रको फोहर आँगनमा फालेर स्वच्छ’वातावरणको माग नगर्न नागरिक लाई आग्रह गरेका छन् ।

मन्त्री बस्नेतले नागरिकको सहभागिताबिना वातावरण स्वच्छ हुनै नसक्ने कुरा स्पष्ट पार्दै, आफ्नो घर तथा वरिपरिको फोहोर आफैं सफा गर्ने  बानिको विकास गर्न सके वातावरणीय प्रदूषण रोक्न सहज हुने बताए ।  ‘संविधानले हरेक नागरिकलाई स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकारको  ग्यारेण्टी गरेको छ’  , ‘नागरिकले आफ्नो घरभित्रको फोहोर आँगनमा फालेर स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकारको माग गर्ने हो भने वातावरण स्वच्छ हुनै सक्दैन ‘   मन्त्री बस्नेतले भने ।

ठमेल बाट सुरु भएको यो कार्यक्रममा मन्त्री बस्नेत आँफै सहभागि भई फोहर संकलन गरेका थिए । यस्तै टानका अध्यक्ष नवराज दाहालले यो कार्यक्रम देशैभर फैलाउने कुरा जानकारी गराए ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv