सहयोगी मनहरुको समाज द्धारा रिमा साईराम सेवा घरलाई सहयोग ( भिडियो  )

काठमाण्डौं, साउन १८ । सहयोगी मनहरुको समाज च्याप्टर काठमाण्डौंले रिमा साईराम सेवा घरलाई आर्थिक सहयोग हस्तान्त्रण गरेको छ । शनिबार बुढानिलकण्ठ नपाको गोल्फुटार स्थित सेवा घरमा पुगी संस्थाका पदाधीकारीहरुले संचालक रिमा सापकोटालाई ५० हजार रकमको चेक हस्तान्त्रण गरेको हो ।

उक्त संस्थाले लामो समय देखी सामाजिक सेवामुलक सेवामा कार्यरत संघ संस्था दिनदुखीहरुलाई सहयोग गर्ने गरेको र त्यस्तै सेवामा संलग्न सेवा घरलाई पनि सहयोग गर्न पाउँदा ज्यादै खुशी लागेको संस्थाका अध्यक्ष कृष्ण ज्ञवाली ले बताउनु भयो ।

संस्थाको तर्फबाट अध्यक्ष ज्ञवाली सहित महासचिव हरी मानन्धर, कोषाध्यक्ष रन्जु कार्की र सदस्य शिव ज्ञवाली को उपस्थिती रहेको थियो । सेवा घरलाई सहयोगी मनहरुको समाज इजरायल च्याप्टर ले ५० हजार रकम पठाएको थियो ।

सहयोगदाताहरुलाई संचालक रिमा साईरामले धन्यवाद दिनु भएको छ । हेर्नुहोस् भिडियो :-



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv