सिन्धुपाल्चोकको मेलम्चीमा बेपत्ता ८ जनाको पहिचान खुल्यो, खोजी जारी

काठमाण्डौं,साउन १९ ।  ७ घण्टासम्म भएको वर्षाले सिन्धुपाल्चोकको मेलम्ची–११ मा गएराति पहिरोमा परी बेपत्ता भएकाहरूको पहिचान खुलेको छ ।

पहिरोमा पुरिएका ८ मध्ये एक जनाको जीवितै उद्धार गरी मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका लागि पठाइएको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ । उनी बारू साह नाम गरेका भारतीय नागरिक रहेको खुलेको छ ।
प्रदेश सरकारद्वारा निर्माणाधीन कभर्ड हलको निर्माणमा खटिएका अरू ८ जना कामदारहरु पहिरोमा पुरिएर बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा पर्सास्थित वीरगञ्जका प्रदिप चौरासिया, विक्रम थिङ, मानवबहादुर रूम्बा, राजेन्द्र चौरासिया, सोनाम लामा, शिव बालक, सिमन घलान र भारतीय नागरिक राजेन्द्र चौधरी छन् ।

बेपत्ताको खोजीमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय परिचालित भएका छन् ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv