“छैठौ राष्ट्रिय लोकदोहोरी अवार्ड २०७५” मंसिर २९ मा

काठमाण्डौ १४ कार्तिक । अग्रजलाई सम्मान नव प्रतिभालाई प्रोत्साहन” भन्ने मुल नारा सहित राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय समितिले “छैठौ राष्ट्रिय लोकदोहोरी अवार्ड २०७५” गर्ने भएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय समिती काठमाडौद्वारा आयोजित विभिन्न ३२ वटा बिधामा बितरण गरिने अवार्ड कार्यक्रम मंंसिर २९ गते शनिबार भब्यताका साथ सम्पन्न हुने कुरा सोही समितीका अध्यक्ष पिएन सापकोटाले जानकारी गराएका छन् ।

सो अवार्ड कार्यक्रम प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौमा हुने भएको छ । कार्यक्रममा कलाकारहरुलाई अवार्ड बितरण गर्नुका साथै अग्रज कलाकारहरुलाई सम्मान पनि गरिने कुरा बताए ।

उपत्यका समन्वय समिती आयोजकको रुपमा रहने छ भने समन्वय समिती अन्तर्गत रहेका ९ वटा समिती सहआयोजकको रुपमा रहने कुरा जानकारी गराउदै यस अवार्ड कार्यक्रमलाई भब्य रुपमा सफल पार्नका लागि उपत्यका समन्वय समितिका बरिष्ठ उपाध्यक्ष सुजन लम्सालले अनुरोध गरेका छन् । सो अवार्डको मनोनयन केही हप्तामा सार्वजनिक हुने कुरा प्रथम उपाध्यक्ष राजकुमार रायमाझिले बताएका छन् ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv