कागेश्वेरी मनोहरा नगरपालिकाले पनि शुरु गर्‍यो बन्द गर्न यी स्थानहरु

काठमाण्डौं भदौ १ । बितेको २४ घण्टामा कोरोनाभाइरस संक्रमणबाट काठमाडौंका १ सहित ३ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले रौतहटका ३२ वर्षिय पुरुष, मोरङमा ६० वर्षिय पुरुष र काठमाडौंमा ५८ वर्षिया महिलाको मृत्यु भएको सोमबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए । योसँगै कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १०७ पुगेको छ ।

यसै क्रममा देशभर कोरोना संक्रमणको दर ह्वात्तै बढीरहेका बेला काठमाडौँमा भने भयाभह नै भएको छ । लकडाउनसम्म खासै संक्रमितहरु फेला नपरेको काठमाडौँमा लकडाउनपछि भने भारत र तराईका जिल्ला हुँदा काठमाडौँ मनपरी तरिकाले प्रवेश गर्नेहरुको संख्या बढेसँगै काठमाडौंमा अहिले दिनकै करिब २ सय हाराहारीमा संक्रमितहरु भेटीन थालेका छन् ।

जसका कारण अस्पतालमा शैह्याको समेत अभाव हुन थालेका बेला बल्ल नाका सिल गर्न थालिएको छ । कोरोना संक्रमण दर बढेसँगैकाठमाडौँको कागेश्वरी मनहरा नगरपालिकाले लकडाउनलाई थप कडाई गर्दै चिया पसलहरु, मासु पसल, सैलुन, स्टेसनरी पसल, कपडा पसल लगायत संचालन गर्न निषेध गरेको छ । यो नियम आजदेखि १५ गतेसम्म नगरपालिकाभित्र लागू हुनेछ । हेर्नुहोस् विज्ञप्ति



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv