लामो तथा छोटो दुरीका सवारी साधन भदौ मसान्त सम्म चल्न नपाउने सरकारको निर्णय

काठमाण्डौं,भदौ १५ । सरकारले लामो तथा छोटो दुरीका सवारी साधन भदौ मसान्तदेखि चलाउने निर्णय गरेको छ। मन्त्रिपरिषद्‌को आइतबार बसेको बैठकले लामो तथा छोटो दुरीका सवारी साधन भदौ मसान्तदेखि चलाउने निर्णय गरेको हो। यसअघि सरकारले भदौ १६ गतेदेखि लामो तथा छोटो दुरीका सवारीसाधन चलाउने निर्णय गरेको थियो।

कोरोना संक्रमण बढ्दै गएकाले काठमाडौँ उपत्यकालगायत मुलुकका अधिकांश स्थानमा अहिले निषेधाज्ञाको अवस्था छ। लकडाउन सुरु भएको साढे ३ महिनापछि सरकारले गत असार २६ गतेदेखि छोटो दुरीका सवारी साधन सन्चालन गर्ने निर्णय गरेको थियो। तर आफ्ना माग संबोधन नभएको भन्दै यातायात व्यवशायीले तत्काल सेवा सुचारु गरेका थिएनन् ।

यस्तै सरकारले कारोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि भदौं १५ सम्मका निषेध गरिएकाअन्य विषयलाई पनि मसान्तसम्म लम्बाउने निर्णय गरेको छ । गत साउन ५ गतेको मन्त्रिपरिषद् बैठकले १२० दिन लामो लकडाउन अन्त्य गरेपनि केही क्षेत्र अझै खुलाइएको छैन ।

यस्तै बैठकले वैदेशिक रोजगारीका लागि कुनै पनि देशमा कामदारहरूलाई खुला गरेमा त्यही देशका लागि श्रम इजाजत खोल्ने निर्णय पनि गरेको छ ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv