मिठो मुस्कान छरेर अस्पातलबाट बालुवाटार फर्किए प्रधानमन्त्री ( भिडियो सहित )

काठमाण्डौ १६ कार्तिक । प्रधानमन्त्री के पि ओली आज साँझ स्वास्थ्य उपचार पस्चात बालुवाटार फर्किएका छन ।

छातिमा समस्या भएका कारण प्रधानमन्त्री ओली अस्पताल भर्ना भएका थिए । समस्या निको भएपछि प्रधानमन्त्री ओलीलाई अस्पतालबाट डिस्चार्ज गरिएको मनमोहन कार्डियोभास्कुलर तथा थोरासिक सेन्टरका निर्देशक उत्तमकृष्ण श्रेष्ठले जानकारी दिएका छन् ।

प्रधानमन्त्री ओली स्वास्थ्यमा सुधार हुनासाथ वालुवाटार फर्कन चाहन्थे । तर चिकित्सकले वालुवाटार फर्किए पछि उनलाई धपेडी हुने भन्दै औषधि नसकिदा सम्म अस्पतालमै आराम गर्न सुझाव दिदै आएका थिए । उनले स्वास्थ्यमा सुधार हुना साथ अस्पतालमै भेटेर विभिन्न मन्त्रालयका मन्त्रीलाई भेटेर निर्देशन समेत दिएका छन् ।

आज पनि उनलाई भेट्न रविन्द्र अधिकारी लगायतका मन्त्री अस्पतालमा पुगेका थिए । सो क्रममा उनले भैरहवा विमानस्थलको स्तररोन्नतीका बारेमा जानकारी लिएका थिए । कानुनमन्त्री भानुभक्त ढकाल, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेललगायतसँग उनले विहिवार भेट गरेका थिए । शुक्रबार स्वास्थ्य परीक्षणको रिपोर्ट हेरेर चिकित्सकले डिस्चार्ज गरेका हुन्।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv