अन्जली र दिक्पाल अभिनित दधीको ‘मेरो माया हेरिदेउ ’ (भिडियो )

काठमाण्डौं,भदौ २० । गीतकार दधी अधिकारीको नयाँ गीत ‘मेरो माया हेरिदेउ एक फेरी’ सार्वजनिक भएको छ । लोकप्रिय गायक एबम संगीतकार शिशिर योगीको संगीत तथा शिशिर योगी र रजिना रिमालको स्वर रहेको गीतको भिडियोमा चर्चित मोडेल अञ्जली अधिकारी तथा दिक्पाल कार्कीले अभिनय रहेको छ ।

साईपल क्रियसनको पहिलो निर्माण रहेको भिडियोमा राजन शाहीको कोरियोग्राफी , आवेश बज्राचार्यको सिनेमाटोग्राफी र माधव बेलबासेको सम्पादन रहने छ । भिडियोको निर्देशन मोडल, टेलिभिजनकर्मी हुँदै निर्देशक बनेका प्रहिल कार्कीले गरेका हुन। हाल लोकप्रिय गायक, गायिका एबम संगीतका हरुको स्वर ,संगीत रहेको गीतको भिडियो मेकिङमा ब्यस्त उनी पछिल्लो समय राम्रा र गुणस्तरीय भिडियो निर्देशकको रुपमा आफ्नो पहिचान बनाउदै छन ।

भिडियोलाई साईपल क्रियसनको युट्युबबाट रिलिज गरिएको हो । आगामी दिनमा पनि साईपल क्रियसन मार्फत राम्रा राम्रा गीतहरुको भिडियो निर्माण गरिने यसका सन्चालक एबम गीतकार दधी अधिकारीले जानकारी दिनु भयो ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv