लेलेको जंगलमा भेटियो अल्का अस्पातलमा कार्यरत महिला कर्मचारीको शव

ललितपुर,भदौ २० । ललितपुरस्थित अल्का अ्रस्पतालमा कार्यरत एक महिला कर्मचारीको शव लेलेको जंगलमा भेटिएको छ। ललितपुर प्रहरीका अनुसार ३९ वर्षीया गीता केसीको शव गोदावारी नगरपालिका–१०, मुलडोलस्थित लेलेको जंगलमा हत्या गरेर फालिएको अवस्थामा भेटिएको हो।

हत्यामा संलग्न रहेको आशंकामा केसीको घर रहेको भैंसीपाटी क्षेत्रबाट भतिजा निर्मल केसी पक्राउ परेका छन्। उनलाई अहिले ललितपुर प्रहरी परिसर, जावलाखेलको हिरासतमा राखेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

प्रहरीले खोजतलास गरिरहेकै बेला शुक्रबार साँझ मुख्य सडकबाट दुई सय मिटरभित्र लेलेको जंगलमा महिलाको शव भेटिएको हो।

शनिबार बिहान उक्त शव केसीको भएको पुष्टि भएको प्रहरीले जानकारी दिएको छ। हाल शवलाई पोष्टमार्टमका लागि पाटन अस्पताल लैजाने तयारी भइरहेको बताइएको छ। केसीको शरीरमा अन्य चोटपटक देखिएको छैन।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv