प्राइम टाईम्स टेलिभिजनका दृश्य सम्पादक टिपरको ठक्करबाट मृत्‍यु

काठमाण्डौं, भदौ २७ । प्राइम टाईम्स टेलिभिजनका दृश्य सम्पादक (भिजुअल-एडिटर) अनिल गौतमको सडक दुर्घटनामा परी निधन भएको छ । कार्यालयबाट घर फर्किने क्रममा गौतम सवार मोटरसाईकल (बा २९ प १४७९) लाई टिपर (प्रदेश ३ ०१ क ४५६३) ले तिनकुने मुनिभैरव, कोटेश्वरमा ठक्कर दिँदा गौतमको घट्नास्थलमा निधन भएको हो । ५२ वर्षीय गौतम भक्तपुरको कौशलटारमा स-परिवार बस्दै आएका थिए । उनको स्थायी घर भने काठमाडौंको धुम्बाराही हो ।

गौतम विगत लामो समयदेखि विभिन्न मिडियामा कार्यरत थिए । गौतमलाई काठमाडौंको बानेश्वरमा रहेको सिभिल अस्पताल ल्याईएको थियो । तर, अस्पताल ल्याउनुअगावै उनको निधन भैसकेको चिकित्सकले जनाएका थिए । पोष्टमार्टमको लागि गौतमको शव त्रि.वि. शिक्षण अस्पताल, महाराजगञ्ज लगिएको छ । अस्पतालमा प्राइम टिभीका अध्यक्ष ऋषि धमला, सिईओ निर्जल श्रेष्ठ र सहकर्मीहरु पुगेका थिए ।

 



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv