अन्तत: राष्ट्रियसभामा कमरेड बामदेव गौतमको आगमन ( भिडियो )
काठमाण्डौं,असोज १ । अन्तत: राष्ट्रियसभामा कमरेड बामदेव गौतमको आगमन भएको छ । राष्ट्रपति विद्या देवि भण्डारीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) उपाध्यक्ष वामेदव गौतम राष्ट्रिय सभामा मनोनित गरेकी छन् । सरकारले गरेको सिफारिसका आधारमा राष्ट्रपति भण्डारीले गौतमलाई राष्ट्रियसभा सदस्यको रुपमा मनोनित गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।
राष्ट्रपति कार्यालयका प्रवक्ता सह-सचिव हरिप्रसाद दाहालका अनुसार राष्ट्रपति भण्डारीले गौतमलाई राष्ट्रियसभामा मनोति गरेकी हुन् । गौतमको आजै सपथ ग्रहण समेत गर्नु भएको छ । दिउसो ४ वजे गौतमको सपथ ग्रहण भएपछी वहाँले भन्नु भयो “राष्ट्रिय सभाको गरिमा बढाउन जस्तो सुकै मुल्य चुकाउन तयार छु ।”
हेर्नुहोस् भिडियो :-