कार्तिक २५ गते सम्म हत्यारालाई सार्वजनिक गर्न नसके निर्मलाका बुवाआमा अनशन बस्ने सरकारलाई चेतावनी ( भिडियो सहित )

काठ्माण्डौ १८ कात्तिक । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्या भएको १०१ दिन पुगी सकेको छ । १०१ दिन पुगिसक्दा पनि सरकारले हत्यारा पत्ता लगाउन सकेको छैन । निर्मला पन्तको हत्यारा लगाउन नसकेको भन्दै निर्मलाका बुबा यज्ञराज पन्तले आफ्नै घरमा आज बिहान पत्रकार सम्मेलन गरेका छन । हत्यारालाई कार्वाहीको माग गर्न आफुले अनशन बस्ने भन्दै सरकारलाई चेतावनी दिएका छन ।

छोरी निर्मला पन्तका लागि नेपाल सरकार सँग न्याय माग्दै उनले भने “कार्तिक २५ गते सम्म हत्यारालाई सार्वजनिक गर्न नसके जिल्ला प्रशासन कार्यालय अगाडि अनसन बस्ने छु ।”  निर्मलाका बुवा आमा सहित महिला अधिकारकर्मीहरुकाे साे पत्रकार सम्मेलनमा सहभागी थिए ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv