रुसले साढे दुई करोड डोज कोरोना भ्याक्सिन नेपाललाई दिने

काठमाण्डौं,असोज १५ । नेपाललाई २ करोड ५० लाख कोरोनाविरुद्ध खोप (स्पुत्निक भी)को डोज दिन रुसको स्वतन्त्र सम्पत्ति कोषल तयार भएको छ । ट्रिनिटी फर्मास्युटिकल्समार्फत नेपाललाई सो संख्यामा कोरोनाविरुद्ध खोपको डोज दिने रुसी सञ्चारमाध्यमहरूले दाबी गरेका छन् । ट्रिनिटी फर्मास्युटिकल्स निजी स्वास्थ्य सेवा फर्म र रुसको औषधिको महत्त्वपूर्ण वितरक हो ।

रुसको प्रत्यक्ष लगानी कोषले विश्वभर कोरोनाविरुद्धको खोप वितरण गर्ने जिम्मा पाएको छ । नेपाललाई मात्र होइन भारतलाई पनि १० करोड डोज दिने रुसको तयारी छ ।संसारभर कोरोनाविरुद्धको खोप आउने चर्चा भइरहेका बेला गत ११ अगस्तमा रुसमा स्पुत्निक भी नामको खोप दर्ता गरिएको थियो । उक्त खोप राष्ट्रपति भ्लादिमिर पुटिनकी छोरीलेसमेत लगाएकी थिइन् ।

त्यस्तै, फन्डका प्रमुख कार्यकारी अधिकृत किरिल डिमिट्रेभले ट्रिनिटीसँग सम्झौता भएको र नेपालका ९० प्रतिशत जनसंख्याका लागि पुग्ने गरी भ्याक्सिन उपलब्ध गराउने जनाएका छन् ।त्यसोत, ‘स्पुतनिक-५’ भ्याक्सिन नेपालमा मात्र नभएर एसिया, मध्य पूर्व, ल्याटिन अमेरिका, यूरोप र सीआईएसका ५० भन्दा बढी देशहरुलेसमेत माग गरेका दाबी गरिएको छ ।

त्यस्तै, यसअघि आरडीआईएफले मेक्सिकोसँग ३२ मिलियन डोज, ब्राजिलसँग ५० मिलियन डोज, भारतसँग १०० मिलियन डोज र उज्बेकिस्तानसँग ३५ मिलियन डोज भ्याक्सिनको लागि सम्झौता गरिसकेको बताइएको छ ।

रुसको स्वास्थ्य मन्त्रालयमा ११ अगस्टमा विकास भएको यस खोपलाई मानव एडिनोभाइरल भेक्टर प्लेटफर्ममा आधारित कोरोनाविरुद्धको विश्वमा दर्ता भएको पहिलो खोप भएको दाबी गरिएको छ ।

नेपाललाई उपलब्ध गराउने भनिएको २ करोड ५० लाख डोज नेपालमा कहिले आउँछ भन्नेबारे भने स्पष्ट भइसकेको छैन ।’रुसको खोप आउनेबारे हामीलाई अहिलेसम्म केही जानकारी छैन,’ ‘स्वास्थ्य मन्त्रालयका एक उच्च अधिकारीले भने, ‘उच्च तहमा केही सम्झौता भएको भए त्यो हामीसम्म आइपुगेको छैन ।’



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv