नेपाल मेडिकल एसोसेसनले आकस्मिक र कोभिड–१९ का सेवा बाहेक सम्पूर्ण स्वास्थ्य सेवा पूर्ण रुपमा बहिष्कार गर्ने

काठमाण्डौं,असोज २३ । नेपाल मेडिकल एसोसेसनले आकस्मिक र कोभिड–१९ का सेवा बाहेक सम्पूर्ण स्वास्थ्य सेवा पूर्ण रुपमा बहिष्कार गर्ने भएको छ ।

बिहीवार सो असोसेशनले प्रेस बिज्ञप्ती सार्वजनिक गर्दै आकस्मिक र कोभिड–१९ का सेवा बाहेक सम्पूर्ण स्वास्थ्य सेवा पूर्ण रुपमा बहिष्कार गर्ने निर्णय गरेको हो ।

एशोसेशनका महासचिव डा बद्री रिजाल द्धारा जारी बिज्ञप्तीमा भनिएको छ “यस संघका आजीवन सदस्य प्राध्यापक डा. गोविन्द के.सी. को १९ औं आमरण अनशनका सम्बन्धमा उहाँको जीवन रक्षाका लागि संघको तर्फबाट मिति २०७७ आश्विन २२ गतेदेखि विभिन्न बिरोधका कार्यक्रमहरु घोषणा गरेको व्यहोरा अवगत नै छ । नेपाल सरकार र डा. गोविन्द के.सी.ले मिति २०७७ आश्विन २१ गते नै वार्ता टोली गठन गरी सम्वादको वातावरण तय गरेकोले हाल नेपाल चिकित्सक संघको सहजीकरणमा वार्ता सकारात्मक रुपमा अगाडी बढिरहेको व्यहोरा जानकारी गराइन्छ ।

कोभिड–१९ को महामारीलाई ध्यानमा राख्दै संघबाट घोषणा गरिएको मिति २०७७ आश्विन २३ गतेको आकस्मिक र कोभिड–१९ का सेवा बाहेक सम्पूर्ण स्वास्थ्य सेवा पूर्ण रुपमा बहिष्कार गर्ने निर्णय हाललाई स्थगित गरिएको व्यहोरा यसै विज्ञप्ती मार्फत जानकारी गराईन्छ ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv