अमेरिकाका नेपालीहरुद्वारा राष्ट्रपति डोनाल्ड ट्रम्पलाई जिताउ अभियान सुरु

काठ्माण्डौ , कार्तिक ४ । अमेरिकाका नेपालीहरुद्वारा आसन्न अमेरिकि राष्ट्र्पतिको चुनावमा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई जिताउ अभियान सुरु गरेको छ । अक्टोवर १८ , २०२० मा सम्पन्न जुम मिटिङमा धेरै नेपाली – अमेरिकनहरु सहभागी भएका छन् । यस अघि राष्ट्रपति ट्रम्प र उनको पार्टी रिपब्लिकनको पक्षमा नेपालीहरु नखुले पनि यस पटक भने उनीहरु निर्धक्क ट्रम्प जिताउ अभियानमा लागेका हुन् ।

मिटिङमा सहभागीहरुले राष्ट्रपति ट्रम्पले आफ्नो देश र जनताको लागि कोरोना महामारीका बिच पनि गरेका कामहरुको खुलेर प्रसंशा गरेका थिए । उनिहरुले राष्ट्र्पति ट्रम्पले विस्वमा शान्ति कायम गरेको, देशको आर्थिक अवस्थालाई मजबुद बनाएको, बिदेश सम्वन्धमा प्रगति गरेको, कोरोनाबाट प्रभावित जनतालाई ठूलो स्टिमुलस राहत प्याकेज दिन सफल रहेको,ट्याक्स फाइल गर्दा प्रती बच्चाले पाउने ट्याक्स क्रेडिट दुई हजार बनाएको र अमेरिकालाई थप सुरक्षित बनाउन मेक्सिको बोर्डरमा बिशाल पर्खाल लगाउन शुरु गरेको वताएका छन् । साथै वैधानिक बाटोबाट अमेरिका आउनेहरुलाई ट्रम्प प्रशासनले स्वागत गरेको, अपराधिक गतिविधिमा संलग्न बाहेक अन्य आप्रवासी प्रति नरम नीति लिएको र बाहिर प्रचार गरिए जस्तो राष्ट्रपति ट्रम्प आप्रवासी बिरोधी नभएकोले कुनै भ्रममा नपर्न र ट्रम्पलाई मत हाल्न नेपाली समुदायलाई आव्हान गरिएको छ ।

कार्यक्रममा उनिहरुले अमेरिका र यहाँका जनताको लागि पूर्व राष्ट्र्पतिहरु अब्राहम लिङ्कन र रोनाल्ड रेगनको योगदानको अध्ययन गर्न र राष्ट्रपति ट्रम्प वहाँहरुकै लिगेसी भएको प्रष्ट पारिएको छ । उक्त कार्यक्रम मा सफल ब्यवसायी एवम समाजसेवी रबिन बज्राचार्य , ओम भट्टराई , रतन झा, सि पि पौडेल, ईन्द्र सिटौला, भक्त भण्डारी, डेभिड देवी आचार्य, नवराज खड्का, सुमन वस्ती , विनोद कुमार तिवारी , हिरा कुमार श्रेष्ठ, सागर तिमल्सिना , ज्योति कँडेल, विशाल शाह लगायत धेरैको सहभागिता थियो । कार्यक्रममा निकट भविष्यमा फेरी व्यापक आम-नेपाली समुदायलाई समेत सामेल गरेर अर्को जुम मिटिङ गर्ने बताइएको छ ।

 



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv