प्रधानमन्त्रीबाटै नेपालको राष्ट्रिय सुरक्षामा ‘थ्रे’ट – गगन थापा (कांग्रेसका नेता)

काठमाडौं,कार्तिक ८ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्रीबाटै नेपालको राष्ट्रिय सुरक्षामा ‘थ्रे’ट’ देखिएको बताएका छन्। उनले सामाजिक सञ्जाल फेसवुकमा लामो स्टाटस लेख्दै यस्तो बताएका हुन् ।

प्रधानमन्त्री केपी ओलीले परराष्ट्र मन्त्रालय र नेपालको सुरक्षा निकायको अनुपस्थितिमा विदेशी गुप्तचरलाई भेटेको विषयलाई लिएर नेता थापाको यस्तो प्रतिकृया आएको हो । उनले प्रधानमन्त्रीको यस्तो कृयाकलापले कूटनीतिक मर्यादा मात्र नभएर राष्ट्रिय सुरक्षामा पनि प्रश्न उठेको बताएका छन् ।

नेता थापाले प्रधानमन्त्रीले गैर(राजनीतिक र विशुद्ध गुप्तचरसँग गरेको भेटमाथि अनुसन्धान हुनुपर्नेमा जोड दिएका छन्। सामाजिक सञ्जालमार्फत् थापाले शुक्रबार यस्तो टिप्पणी गरेका हुन्।

यो भेटलाई प्रधानमन्त्रीको सचिवालयले शिष्टाचार भेट भनेकोप्रतिसमेत थापाले आपत्ति जनाएका छन्। गुप्तचरसँग शिष्टाचार भेट भन्नु हास्यास्पद भएको उनको भनाइ छ। उनले लडाईंको समयमा बाहेक विदेशी गुप्तचर प्रमुखसँग प्रधानमन्त्री र राजनीतिक नेतृत्वको भेटलाई सामान्य मान्न नसकिने बताएका छन्।

‘प्रधानमन्त्रीको सचिवालयले निकालेको प्रेस नोट अनुसार प्रधानमन्त्री र भारतीय गुप्तचर प्रमुखबीच ‘शिष्टाचार भेट’ भएको हो। प्रधानमन्त्री र विदेशी गुप्तचरबीचको भेटलाई ‘शिष्टाचार भेट’ भन्नु नै अकूटनीतिक र हास्यासपद छ।

साथै लडाईंको समयमा बाहेक विदेशी गुप्तचर प्रमुखसँगको प्रधानमन्त्रीको वा राजनीतिक नेतृत्वको भेटलाई जायज वा सामान्य मान्न सकिन्न’, थापाले फेसबुकमा लेखेका छन्, ‘परराष्ट्र मन्त्रालाय र नेपालको सुरक्षा निकायको अनुपस्थितिमा प्रधानमन्त्रीले विदेशी गुप्तचर प्रमुखलाई भेट्नु कूटनीतिक मर्यादा मात्र नभएर राष्ट्रिय सुरक्षाको विषय हो।

प्रधानमन्त्रीको यस्तो गैर राजनीतिक र विशुद्ध गुप्तचरसँग भएको ‘शिष्टाचर भेट’ माथि अनुसन्धान हुनुपर्छ। यस प्रकरणले प्रधानमन्त्रीबाट नै नेपालको राष्ट्रिय सुरक्षा ‘थ्रे’ट’ देखाएको छ।’

ओली र भारतीय गुप्तचर संस्थ ‘रअ’का प्रमुख सामन्तकुमार गोयलबीचको भेटलाई लिएर थापाले चर्को टिप्पणी गरेका हुन्।

थापाले प्रधानमन्त्री ओली र ‘रअ’ प्रमुख गोयलको भेटले दुई देशको सम्बन्ध सुधार हुन्छ भन्ने बुद्धिजीविहरु देखेर उदेक लागेको थापाको भनाइ छ। नेपाल र भारतबीच रहेका विवादका विषयमा छलफल हुनुपर्नेमा कसैको विमति नभएको भन्दै उनले गुप्तचर प्रमुखसँगको भेटले दुई देशको सम्बन्ध सुधारको सामथ्र्य नराख्ने दाबी गरेका छन्।

‘भारतीय गुप्तरचरसँगको कुनै पनि प्रकारको छलफलले नेपाल(भारत सम्बन्धको यथास्थितिको समस्या समाधान गर्ने सामर्थ्य राख्दैन’, थापाले थप लेखेका छन्, ‘हाम्रो कूटनीतिमा हेक्का राख्नु पर्ने छलफल गर्नुपर्छ भन्नेमात्र होइन, कोसँग कसरी छलफल गर्ने भन्ने पनि हो।’

कूटनीतिक मर्यादालाई नाघेर अँध्यारो कोठामा गुप्तचरसँगको भेटघाटबाट नेपाल र भारत सम्बन्धमा निकास निस्कन्छ भन्ने तर्क गर्नु मुर्खता भएको उनको भनाइ छ।

बुधबार दिउँसो नेपाल आएका रअ प्रमुख गोयलले राति प्रधानमन्त्रीसँग बालुवाटारमा भेट गरेका थिए। उनी बिहीबार बिहान दिल्ली फर्किएका छन्। गोयलसँग प्रधानमन्त्रीले भेट गरेको विषयमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० भित्रै चर्को विवाद छ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv