परपुरुषसँग लागेको भनी श्रीमानले लिए ज्यान
झापा,मङ्सीर ८ । परपुरुषसँग लागेको भनी एक जनाले खु ‘कुरी ;प्र’हार गरी श्रीमतीको ज्या’न लि’एका छन्। झापाको दमक नगरपालिका–१ मामाचौक बस्ने ४७ वर्षीय चुडामणि भण्डारीले ३७ वर्षीया टीकामायाको ज्या’न लि’एका झापाका डिएसपी राकेश थापाले जानकारी दिए।
प्रहरीका अनुसार भर्खरै वैदेशिक रोजगारीबाट फर्किएका भण्डारीले (आइतबार) अपराह्न कमल गाउँपालिकका–६ जीवनचोकमा रहेको आफ्नै जमिनमा खेती गर्न गएका बेला ज्या’न लिएका हुन्। उनले श्रीमतीसँगै धान उठाउँदै गरेका दमक- २ का प्रकाश चन्द्र दाहाललाई पनि प्र ‘हार ग’रेका छन्। ग’म्भीर घा’इते दाहालको बिर्तामोडको बिएण्डसी हस्पिटलमा उपचार भइरहेको थापाले बताए। स्थानीयका अनुसार दाहालले पनि भा’गेर मात्र ज्यान जो’गाउन सफल भएका थिए।
घटनाको विषयमा थप अनुसन्धान भइरहेको डिएसपी थापाले बताए। आरोपी भण्डारीले आफू विदेशमा रहेको बेला कमाएर पठाएको रकम श्रीमतीले हि’नामि’ना गरी परपुरुषसँग लागेको आशंकामा ज्या’न लि’एको हुन सक्ने प्रहरीको अनुमान छ। घटना भएलगत्तै इलाका प्रहरी कार्यालय दमकको टोली घटनास्थल पुगेर भण्डारीलाई पक्राउ गरेको छ।