पेन्सन बुझेर फर्किएकाहरु चढेको जिप दुर्घटना, ५ जनाको घटनास्थलमै निधन

बैतडी,मंसिर ९ । बैतडीमा जिप दुर्घटना हुँदा ५ जनाको निधन भएको छ । घटनामा ४ जना घाईते भएका छन् । झुलाघाटबाट गोठलापानीतर्फ जाँदै गरेको गरेको ना १ ज २१९६ नम्बरको जिप दशरथचन्द नगरपालिका १० पुट्कामा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा ५ जनाको घटनास्थलमै निधन भएको हो ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले दिएको जानकारी अनुसार दशरथचन्द नगरपालिकाकी ७५ वर्षकी पावर्ती चन्द, ७० बर्षकी पावर्ती चन्द, ७७ वर्षका भागिरथ पाण्डेय, ५८ वर्षीय कृष्ण लावड र सुर्नया गाउँपालिकाकी ७५ बर्षकी कलावती चन्दको निधन भएको हो ।

भारतबाट पेन्सन बुझेर फर्किएका भारतीय भूपू सैनिक परिवार चढेको जिप दुर्घटना भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए ।

जिपमा ९ जना रहेको प्रहरीले जनाइको छ । घाइते ४ जनालाई उपचारका लागि जिल्ला अस्पताल बैतडीमा लगिएको छ । यस अघि पनि बैतडीमा भएको दुर्घटनामा ९ जनाको निधन भएको थियो ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv