निर्मलाका बाबुआमा अनशन बस्ने पक्का, कात्तिक २५ गतेबाट अनशन बस्न यसरी भयो तयारी (भिडियो सहित )

महेन्द्रनगर २४ कात्तिक । बलात्कार पछी हत्या गरिएकी निर्मला पन्तको बाबु यज्ञ राज पन्तले महेन्द्रनगरको जिल्ला प्रशासन कार्यालय अगाडि अनशन बस्ने पक्का भएको छ ।

शनिबार कन्चनपुरको खुल्ला मन्चमा अधिकारकर्मी, नागरिक समाज,बिभिन्न पेशामा संलग्न ब्यक्तित्व र पत्रकारहरुको सहभागीतामा छलफल गरी उक्त निर्णय गरेका हुन । सो छलफलमा जिल्ला प्रशासन कार्यालय अगाडि निर्मला पन्तका बुवाआमा अनिस्चितकालिन अनशन बस्ने र अनशन धर्नामा चाहिने आवश्यक तयारी पुरा गरी कामको बाँड्फाड गरिएको अधिकारकर्मी शारदा चन्द ले हामीलाई जानकारी गराउनु भयो ।

गत साउन १० गते १३ बर्षिय निर्मला पन्तको बलात्कार पछी हत्या गरिएको हो । हत्यारालाई कार्वाहीको माग तथा सार्वजनिक गर्न दवाब दिईदै आएको छ र पनि सरकारले हालसम्म बास्तविक दोषी सार्वजनीक गर्न सकेको छैन ।

  



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv