प्रधानमन्त्री ओली विराेधी माेर्चामा नेपाल

काठमाडौ । नेपाल कम्युनिष् पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले कसैको ध’म्की र ध’मा’सबाट कोही नतर्सने बताएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी फोड्ने, संसद बिघटन गर्ने, संकटकाल लगाउने, अध्यादेश ल्याउने भन्दै धम्की दिने गरेको कुरा उल्लेख गर्दै यस्ता कुराले कोही नतर्सने बताएका हुन् ।

फाउन्डेसन फर क्रिटिकल डिस्कोर्सद्वारा आयोजित सेमिनारमा बोल्दै नेता नेपालले भने, ‘पार्टी फोडिदिन्छु, संसद बिघटन गरिदिन्छु, इमर्जेन्सी लगाइदिन्छु, अध्यादेश ल्याइदिन्छु भनेर तर्साएर कोही तर्सनेवाला छैन ।’ उनले पार्टीभित्र अधिनायकवाद र मनपरीतन्त्र नचल्ने बताए ।

ओलीप्रति संकेत गर्दै नेपालले भने, कसैको अधिनायकवाद र मनपरीतन्त्र चल्दैन । नेता नेपालले पार्टी विधि र पद्धतिबाट चल्छ र पार्टी निर्णयबाटै सबै चल्नुपर्ने बताए । नेकपाभित्रको विवाद सल्टिने नाम नलिंरहंदा नेता नेपाल यस्तो अभिव्यक्ति दिएका हुन् । पछिल्लो समय उनी ओलीविरोधी मोर्चामा उभिएका छन् ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv