फेसवुके प्रेमले रेखालाइ घर न घाटकाे बनायाे

रेखाका साथीहरूले स्कुल पढ्दै देखि फेसवुक चलाउँथे । उनी अरूले चलाएकाे लेखेकाे देखेर मख्ख पर्थिन उनकाे आफ्नाे फाेन थिएन । जव उनले स्कुले कक्षा पार गरेर कलेज पढ्न राेल्पा बाट दाङकाे तुलसीपुर गइन त्यस बेला उनका बुवाले फाेन किनेर छाेरीलाइ दिए । गाउँमा बुवा आमा संग कुराकानी गर्न सहज हाेस् भनेर फाेन किनिदिएका थिए ।

कलेज पढ्न गएपछि साथीहरू सँग रेखाले भनिन मेराे नामकाे पनि फेसवुक खाेलिदेउन । उनकाे फेसबुक पनि खुल्याे प्राेफाइल तस्विर पनि राखिन यसले उनी काे हुन भनेर परिचित गराउँछ भनेकाले शुरूमा आफ्नै फाेटाे राखिन । केटीकाे फाेटाे देखेपछि फेसवुकमा साथी बनाउनेकाे ताँती लाग्न थाल्याे । केटी साथी भन्दा केटा साथी धेरै बन्दै गए ।

शुरूमै फेसवुक म्यासेन्जरमा हेलाे हाइ हुँदा उनलाइ निकै खुशी लाग्थ्याे । काे हाे किन लेख्याे यस बारे उनलाइ कुनै चाँसाे थिएन । महिना दिन नपुग्दै उनका दुइ तीन सय साथी बने । अरूले नक्कले फाेटाे पाेष्ट गरेकाे देखेर उनलाइ पनि नक्कले फाेटाेहरू पाेष्ट गर्न मन लाग्याे । सबैले कत्ति राम्री भनेर कमेन्ट गरेपछि उनी अझ मख्ख ।

फेसवुक सिक्दै गर्दा उनलाइ टिकटक भन्ने हुन्छ र त्यसले  आफु भित्र भएकाे कलालाइ पाेष्ट गर्न सकिन्छ यावत बुझिन र टिकटककाे पेज पनि खाेलिन । उनी टिकटक र फेसवुक आदीमा निकै चर्चित हुँदै गइन । उनका साथि र उनलाइ फ्लाे गर्नेहरू पनि हजाराैं पुगे । उनलाइ पढाइमा फिटिक्कै मन लाग्दैनथ्याे । घरबाट फाेन आयाे भने झर्किएर जवाफ दिन्थिन । उनलाइ फेसवुके राेगले नराम्राे संग छाेपिसकेकाे थियाे । फर्किने त कल्पना पनि थिएन ।

उनकाे फेसवुक चिनजानपछि  वैदेशिक राेजगारकाे सिलसिलामा दुवइ काम गर्ने पूर्व झापा तिरकाे राेहित नाम गरेकाे केटा संग माया प्रेम बस्याे । रेखाले डाटामा राम्रै पैसा उडाइसकेकि थिइ, पछि केटाले डेरामै वाइफाइकाे नेट जाेड्न सुझायाे र अब अनलिमिटेड नेट हुन्थ्याे । खानापिउन सुत्न कलेज जाने साथी भाइ सबै भुलेर उनी फेसवुकमै आँखा गाडेर बस्थीन । केटाकाे प्रेमले जीवनमा कहिल्यै भुल्न नसकिने चाेट देला भन्ने त रेखाले साेंचेकी समेत  थिइनन् । सामाजिक सञ्जाल फेसवुकबाट चिनजान र त्यसपछिकाे माया प्रेमले गहिराे घाउ देला भनेर कल्पना पनि गरेकी थिइनन् ।

राेहित नाम गरेकाे त्याे केटाले दुवइमा छँदा फेसवुकमा निकै मायापिरतिका कुरा गरी भविष्यका मिठा सपना देखाइ रेखालाइ आफ्नाे बनाउने कसम खाएका थिए । यस विषयमा बाहिर कसैलाइ थाहा थिएन । उनकाे पढाइ कमजाेर भएका कारण उनका बा आमाले अब घर फर्कि घरकाे कामकाज सिक आमालाइ सघाउ । घरमा साना भाइ बहिनि पनि छन् उनीहरूलाइ पनि पढाउनै पर्याे । यसरी नपढी बस्ने छाेरीकाे खर्च कहाँ जाेड्न सकिन्छ र ?

बाराम्बार राेल्पा देखि उनका बुवाकाे फाेन  आइरहन्थ्याे  । राेल्पा देखी उनी दाङकाे तुलसीपुरमा डेरा लिएर कलेज पढ्दै थिइन । अब त कलेज पढ्ने बाहना मात्र थियाे । उनी १२ कक्षा पनि पास हुन सकिनन् ।

मायापिरती बसेको एक वर्ष नबित्दै राेहित वैदेशिक रोजगारीबाट घर फर्किए। विदेशमा छँदा कहिले काहिं रेखालाइ आर्थिक सहयाेग पनि गर्ने गर्थे । विदेशबाट फर्किएपछि राेहितले भने, म तुलसीपुर आउन भन्दा तिमि नारायणघाट आउ यतै भेटम अनि यतैबाट घर जाउँला उतै बिहे पनि गराैंला र संगै बसाैंला । पैसाकाे सब व्यवस्था म मिलाउँछु ।

यता ति दुइ बिच यस्ता कुरा हुँदै थिए, उता रेखाका बुवा राेल्पा बाट तुलसीपुर आए । छाेरी अब घर हिंड यहाँ कतिञ्जेल बस्छाै र ? पढाइ पनि नहुने नै भयाे । यसै खर्च जुटाउन गाह्राे हुन्छ । आमा पनि बिरामी छ । तिमि यता आएकाे वर्ष दिन भाे । अब उतै हिंड भन्दै थिए , रेखाले भनिन बुवा साथी संग पैसा लिन छ साथी अर्काे हप्ता  आउँछु भनेकी छ उ आएपछि म घर फर्किन्छु ।

छाेरीकाे कुरा सुनेर रेखाका बुवाले टाउकाे हल्लाउँदै लाै तिम्रा इच्छा । म लिन आउन भ्याउँदिन । फाेन गर्नेु चिनजानकाे मान्छेकाे साथ लगाएर लिएर आउन भनुँला भन्दै उनी घर विदा भए ।

यता राेहित रेखाकाे जवाफकाे प्रतिक्षामा काठमाडाैकाे हाेटलमा बसिरह्याे । रेखाका बुवा गाउँ हिंडेपछि रेखाले राेहितलाइ कल गरिन र भनिन वुवा आउनुभएकाे थियाे त्यसैले तिमिलाइ समय दिन पाइन मलाइ माफ गर ।

अब तिमि कहिले काठमाडाै देखि हिंड्ने हाे ? यसै बाटाेमा त भेट नहाेला भनिन रेखाले । राेहितले भने, म भाेली बिहानै नारायणघाटका लागि हिंड्छु तिमि पनि लुगाफाटाे लिएर नारायणघाट आउ यतै हाेटलमा भेटाैंला अनि घर जाउँला । रेखाले हुन्छ भनिन र जाने व्यवस्था गर्न दुवै तम्सिए ।

रेखाले फेसवुकमा मात्र राेहितलाइ देखेकि थिइन । उनकाे नजरमा राेहित निकै राम्राे सुन्दर, बानी व्यवहार पनि राम्राे भएकाे थियाे । उसले रेखालाइ रानी बनाएर राख्नेछ उसकाे लागि जे भनेपनि मान्नेछ । कल्पनाकाे राजकुमार थियाे राेहित तर सामुन्ने दुवैले दुवैलाइ देख्दैथे भेट्दैथे त्यसैले नारायणघाटकाे साे हाेटल भन्दा उपयुक्त ठाउँ अन्त नहाेला भन्ने दुवैलाइ लाग्याे ।

मध्यपश्चिमकी केटी, पूर्वकाे केटा फेसवुक बाहेक पहिचानकाे अर्काे कुनै पनि पाटाे थिएन । एक अर्काकाे घरपरिवार संग भेटघाट सबै सपना जस्तै थियाे । रेखाकाे आँखामा मात्र राेहित थियाे । घरपरिवार बा आमा भाइ बहिनि आफन्त नातेदार सहपाठी काेहि थिएनन् । उनले कसैलाइ सम्झिनन् । एक पटक सल्लाह गर्ने आवश्यक ठानिनन् ।

आफ्नाे माेवाइलकाे नम्वर फालेर अर्काे नम्वर राखिन ताकि घरपरिवारले उनलाइ फाेन गरेपनि कुरा नहाेस् । उता बाले छाेरीकाे फाेनकाे प्रतिक्षा गरिरहेका थिए तर छाेरी के गर्दैछे भन्ने सुइँकाे सम्म पनि थिएन । रेखा सबथाेक बिर्सेर एकाबिहानै नारायणघाट हुँदै काठमाडाै जाने बसमा चढीन । साेहि दिन राेहित पनि काठमाडाै देखि नारायणघाट सम्मकाे लागि हिंड्याे । म चाँडै पुगेर बसपार्क मै हाेटलकाे काेठा बुक गराउँछु नाम लेख्दा मेराे श्रीमती दाङ देखि आउँदैछिन उनकाे नाम रेखा सापकाेटा टिपाउँछु तिमिले पनि साेही नै थर टिपाउन नबिर्सनु नि नत्र पुलिसले छापामार्दा पक्रिन सक्छ भन्याे । पुलिसकाे नाम भनेपछि डरले रेखाले पनि हुन्छ हुन्छ भनि ।

राेहित करिब १२ बजे नारायणघाट पुग्याे र बसपार्क मै काेठा बुक गर्याे र रेखाकाे बाटाे पर्खिन थाल्याे । रेखा पनि साँझ तिर नारायणघाट पुगि र राेहितलाइ म पुगें लिन आउनुस न भनि । राेहित हतार हतार काेठाबाट बाहिरियाे र यसाे जताततै नियाल्न लाग्याे । उसले रेखालाइ राम्राे संग चिन्थ्याे । रेखाले पाेज पाेजका फाेटाे पठाउँथी त्यसैले रेखालाइ उसले परैबाट देख्याे र उ भएतिर गयाे । भुँइमा झाेला थियाे, रेखा हिंड यहिं माथी हाेटलमा हाम्राे काेठा छ ।

उसले राेहितलाइ देखि तर……………..उ राेहित थिएन उ त अर्कै मानिस थियाे अनि उसकाे नाम लिएर उसलाइ पुकारी रहेकाे थियाे । तपाइँ ? ….. तपाइँ काे ? म त तपाइँलाइ चिन्दिन । राेहित खाेइ ? उ अक्क न बक्क भइ । राेहित भन्दै उसले पछाडि फर्किएर हेरिन र एक पटक साेंचिन तर उ त अर्कै मानिस त्यसमा पनि पाकाे उमेरकाे उ भन्दा २० वर्ष जति जेठाे पुरूष ……….।

लाग्थ्याे दुइ चार सन्तानकाे बाउ हाे । अब भएन, उ हातमा झाेला समातेर उभिरहि । के नाटक गरेकाे  बाटाेमा ?  हिंड काेठामा, तिम्राे राेहित काेठामा तिम्राे प्रतिक्षा गरिरहेकाे छ म त उसकाे साथी हाे । म अर्कै काेठामा बस्याछु । उसले तिमिलाइ मेराे बारे भनेन हाेला तिमि दुइकाे बिहे मैले नै गराउने हाे । साक्षी त चाहियाे नि ? उ तिमि देखि लाजले भुतुक्क भएर काेठामा डल्लाे परेर बसेकाे छ तिमि एकछिन पछि आफै उसलाइ भेट्नेछाै ।

रेखाकाे अवस्था देखेर राेहितले कुरा विगारेर राेहित का्ेठामा भएकाे बाहना बनायाे । रेखा फेरि पनि ठगिंदै थिइ तर अर्कै साथि लिन आएकाे झाँसाेमा सहजै परि अनि हाँस्दै अघि किन ढाँटेकाे त भन्दै झाेला लिएर उसकै पछि पछि लागि ।

दुवैजना काेठामा गए । भित्रपस्ना साथ राेहितले ढाेका बन्द गर्याे । के गर्नु भएकाे तपाइँले याे ? खाेइ मेराे राेहित ? राेहितले भन्याे मै राेहित हुँ । तिमिले वर्षदिन देखि जति पनि माया पिरतिका कुरा गरेकि थियाै त्याे म नै थिएँ ।

नपत्याए हेर त । उसले फाेन गरि त्यहि नम्वर थियाे म्यासेन्जर खाेली लेखि उसकै फाेनकाे म्यासेन्जरमा जान्थ्याे । उ अवाक भइ र रून कराउन लागि । मेराे जीवन बर्बाद भयाे म त तिमि संग कुनै पनि हालतमा बिहे गर्दिन भन्न थाली ।

राेहितले भन्याे तिमिले पछाडि घरपरिवार नातेदार छाेडेर कसैलाइ थाहा नदिइ भाग्याै म संग बिहे गर्ने कल्पनाले तिमिलाइ यहाँ सम्म ल्याइ पुर्यायाे । म तिमिलाइ धेरै मायाँ गर्छु रेखा । म तिमि बिना बाँच्न सक्दिन । तिमिलाइ सरप्राइज दिन्छु भन्ने थियाे तर तिमिले मेराे मायाँ भन्दा पनि मेराे रूप हेरेकि रहेछाै । रूप मेराे राम्राे छैन त्यसैले मैले साथीकाे छाेराकाे फाेटा राखेकाे हुँ । यहि रूपमा माेहित भयाै रेखा तिमि त, म तिमि बिना बाँच्न सक्दिन ।

तिम्राे सपनाकाे राजकुमार म नै हाे म तिमिलाइ रानी बनाएर राख्छु । अब घर फर्किएर पनि तिमि गाउँमा मुख देखाएर बस्न सक्दिनाै तिम्राे फाेन नलागेपछि तिम्रा वुवा आमा सपरिवार तिम्राे खाेजिमा हाेलान । गाउँघरमा तिमि हराएकाे वा पाेइल गएकाे कुरा पुरा हल्ला मच्चिएहाेला । तिमि म संग बिहे नगरे म पनि यहिं नारायणी नदीमा हामफालेर मर्छु ।

यता राेहितले रेखालाइ फकाउँदै थियाे । मैले तिमिलाइ सरप्राइज दिने भनेर असली रूप देखाइन त्यसकाे यति ठूलाे सजायँ ? उ भन्दै गयाे रेखालाइ सम्झाउँदै गयाे रेखा राेइरही उसले के सहि के गलत छुट्टाउन सकिरहेकि थिइन । उ नजिकै आएर रेखालाइ थपथपाउँदै भन्याे तिमि साेंच यदि साच्चै घर फर्किने हाे भने भाेली बिहानै अर्काे गाडीमा पठाइदिन्छु हाेइन भने सरप्राइज भन्ने साेंचेर मेराे मायालाइ कबुल गर ।

बल्ल रेखाले घरपरिवार साथीभाइ सम्झी र सपनाबाट ब्युँझे जस्ताे गरि । अब मेराे जिवन बर्बाद भइसक्याे । घर फर्किने त सवाल पनि आउँदैन । कि त यहि बुढाे स्विकार गर्ने हाेइन भने नारायणी नदिमा हामफाल्ने ।

राेहितलाइ भनि तिमि किन मेरा लागि मर्नु पर्याे र मेराे जीवन बर्बाद भएकाे छ म नै मर्छु नारायणीमा हामफालेर । यस्ताे कुरा सुनेर राेहितले भन्याे हेर रेखा गल्ती भएकाे छ यसलाइ सुधार पनि गराैं । यसरी राेएर म मर्छु …, म मर्छु भन्दै बसेर हुँदैन । म बाट गलती भयाे मैले शुरूमा नै तिमिलाइ सबैकुरा बताउनु थियाे दाेषी म नै हुँ ।

तिमिले जे सजायँ दिन्छाै म भाेग्न तयार छु भन्दै कान समातेर राेहित राेइदेला जस्ताे गर्याे । म तिम्राे खुट्टा ढाेगेर माफि माग्छु । मेराे सानाे गल्तिकाे कुनै माफि नहुने ? तिमि पनि मलाइ धेरै माया गर्छाै मलाइ थाहा छ नत्र मेरा लागि यति टाढा सबथाेक भुलेर  आउने नै थिइनाै । अब मर्छु भन्ने हाेइन हामिले भुल सुधार गर्नु पर्छ भन्दै उसले रेखालाइ अंगालाेमा बेर्याे । दुख संग तिम्राे कहिले सामना हुन दिने छैन । तिमिले याे संसारमा मात्र मलाइ राेज्याै कता कता खुशी पनि छु र  आफैले गरेकाे पागलपन सरप्राइजले दुखी पनि ।

अब नयाँ जीवनकाे शुरूवात गर्नु पर्छ । हेर त, दुइ वर्ष पछि दुवइ बाट घर  फर्किएकाे म, अहिले सम्म यतै छु । घरमा बा आमा बाटाे हेर्दै हाेलान । कहाँ गयाे केटाे भन्दै हाेलान । तिमि जहिले घर जाने भन्छ्याै त्यसै दिन जाने ।

म हेर्दा मात्र बुढाे देखिएकाे हाे तर मेराे उमेर धेरै भएकाे छैन । जम्मा ३० त हाे नि । तिमि भन्दा ६ वर्ष जेठाे ।

मलाइ घरमा बिहे गर्ने भनिरहेका छन् । टाल्दै आएकाे थिएँ अब त तिमिलाइ घर भित्राउने भएँ सबै खुशी नि । तिमि भन्छ्याै भने मात्र अब विदेश जान्छु नत्र विदेश पनि जाँदिन । झापामा थुप्रै जग्गा छ त्यहिं खेति गरेर वा कुनै व्यवसाय गरेर बसाैंला ।

रेखालाइ अंगालाे मार्दा उसले कुनै प्रतिकृया दिइन । उ फेरी उसकै कुरामा लट्ठ परिसकेकि थिइ । उसकाे मनमा मर्नु भन्दा बहुलाउनु निकाे भनेकाे जस्ताे भइसकेकाे थियाे । मेराे भाग्यमा जे छ त्यहि स्वीकार गर्नुपर्छ भन्ने साेंचमा परिसकेकि थिइ ।

त्यतिकैमा हाेटलवालाले बाहिर बाट साेधे खाना खाने बेला भाे । त्यहिं ल्याइदिउँ कि तल झर्नु हुन्छ ? राेहितले हामी तलै आउँछाैं भन्याे । रेखा उठेर वाथरूम गएर फ्रेस भएर बाहिर आइ । राेहितले भन्याे हेर त मैले तिमिलाइ दुवइ बाट के ल्याइदिएकाे छु । ल याे कपडा फेर अनि खाना खान जाने है भन्दै उ पनि वाथरूम पस्याे । रेखाले अनुहार पाेछी, अनुहारमा क्रिम दली झाेलाबाट हिल निकालेर लगाइ । लामाे समय देखि राेइरहेकाेले उसकाे अनुहार कस्ताे भएकाे छ भन्दै ऐनामा निहार्दै थियाे राेहित पनि तयार भएर आयाे दुवैजना हात समातेर काेठाबाट बाहिरिए ।

किचनमा दुवैजना साथमै बसेर खाना खाए र पुनः काेठामा फर्के । राेहितकाे कुरा सुनेर रेखाकाे मन पग्लिसकेकाे थियाे । राजीखुशीका साथ रेखाले सर्वाेस्व राेहितलाइ सुम्पिदिइन । साेही नारायणघाटकाे हाेटलकाे एक रूम साक्षी राखी सुहागरात मनाए । बिहान हुँदा लाग्दैनथ्याे उनीहरू प्रमी प्रमिका हुन । उनीहरूमा बदलाव आइसकेकाे थियाे ।

दुवै जना श्रीमान श्रीमति जस्तै एक आपसमा व्यवहार गर्थे । दुइ दिन नारायणघाट बसे, त्यहिं वरिपरि घुमे र अर्काे दिन राति नाइट बसकाे टिकट झापाकाे लागि काटे । बस काठमाडाै बाट आउने परेछ । राती ११ बजे सम्ममा आउँछ भन्ने जानकारी पाए र राती बसमा दुवैजना झापाका लागि विदा भए ।

झापामा पनि राेहितले हाेटलकाे एक काेठा बुक गर्याे र भन्याे अहिले नै घरमा लैजान सम्भव छैन । तिमि यहिं बस म तिमिलाइ भेटन आउँछु । केहि दिन पछि घरपरिवारसँग सल्लाह गरेर घरमा भित्राउँछु । यति भनेर उ सामान लिएर घर गयाे । रेखा झापाकाे एक हाेटलमा बसि रहि । एक महिना सम्म राति राति राेहित संग बसि दिनभर उ आउने बाटाे कुरेर बसि रहि ।

कहिं जाने आउने एक्लै सम्भव पनि थिएन । कसैलाइ चिन्दिन थिइ । राेहितकाे घरकाे ठेगाना पनि थाहा थिएन । राेहितका बुवाकाे नाम समेत उसले कहिले थाहा पाइन। केटाकाे बारेमा त्यसकाे नाम राेहित हाे बाहेक केहि थाहा थिएन । यस्तै गर्दा तीन महिना बिते । हाेटलवालाले पैसा माग्न आयाे म मागेर दिन्छु भनि राति हाेटलकाे विलकाे बारेमा कुरा गरि । राेहितले भन्याे भाेली ल्याएर दिन्छु तर एक पटक पनि रेखालाइ घर लैजाने कुरा राेहित गरेन ।

घर व्यवहार मिलाउँदैछु भनेकाले उ चुप नै थिइ । एक दिन राेहितले भन्याे मेराे त दुवइ बाट मालिकले फाेन गरिरहेका छन मलाइ अब फर्किनु पर्ने भाे केहि दिन तिमि राेल्पा गएर बस म लिन आउँछु । याे कुराले रेखालाइ चाेट पुर्यायाे दुइ जनामा निकै झगडा पनि भयाे । त्यसपछि हिंडेकाे राेहित हाेटलमा आएन । हाेटलकाे विल पनि बुझाएन । आज भाेली गर्दा गर्दै दिन बित्दै गए उ फर्किएन । हाेटलकाे साहुले भन्याे पैसा नतिरे पुलिस बाेलाउँछु ।

अर्काे दिन पुलिस आयाे सबै कुरा बाहिरियाे राेल्पा देखि दाङ हुँदै नारायणगढ र झापाकाे हाेटल सम्मका सबै कुरा बाहिर आए तर केटाकाे कुनै अत्ताे पत्ताे भएन । केटीलाइ पुलिसले नियन्त्रणमा लियाे र उसकाे घर पठाउने तयारमा जुट्याे । सर्वप्रथम रेखाकाे वुवालाइ फाेन गरेर उसकाे बारे सबै कुरा खुलायाे । रेखाले पनि घरपरिवार संग रूँदै कुरा गरि । बाउले मैले चिन्दिन हाम्राे घरमा रेखा भन्ने काेहि छैन भने, रेखाले आमा सित रूँदै कुरा गरि  आफुले भाेगेकाे गलत कृयाकलापकाे सजायँ जीवन भरका लागि भाेगि सकें अब म यस्ताे गलति कहिले दाेहराउने छैन मलाइ माफ गरिदिनुस आमा……., आमाकाे मन त हाे छाेरीलाइ घर फर्किने स्विकृति दिदिए । त्यसपछि प्रहरीकाे सहायताले रेखा राेल्पा पुगि साथमा साढे तीन महिनाकाे गर्भ बाेकेर गएकि थिइ ।

जैसी करनी वैसी भरनी भनेझैं रेखाले गरेकाे फेसवुके प्रेमले उसलाइ घर न घाटकाे बनायाे । उसकाे सारा जीवन चाैपट भयाे । केहि दिनमा बच्चा हुन्छ तर बच्चाकाे बाउ काे ? कुनै जवाफ छैन उ संग ।

(यस कथाका पात्रहरू काल्पनिक हुन् । कसै संग मेल खाएमा संयाेग मात्र हुनेछ ।)

 

 

 



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv