बुटवलमा गोली चल्यो

२१ मंसिर, बुटवल । बुटवलको मिलनचोकस्थित एक होटेलमा गोली चलेको छ । गोली लागेर एक जना घाइते भएका छन् ।

बुटवल उपमहानगरपालिका वडा नं ८ सुख्खानगरस्थित कलश होटलमा बसेका चार जनामध्ये काठमाडौं महानगरपालिका ठेगाना भएका राकेश न्यौपानेलाई गोली लागेको हो । चिउँडोमा गोली लागेका उनलाई उपचार गर्न लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पुर्याइएको छ ।

रुपन्देही प्रहरीका प्रवक्ता सत्यनारायण थापाका अनुसार उक्त होटेलमा गैंडाको खाग तस्करीमा संलग्न व्यक्तिहरु बसेको सूचनाका आधारमा आइतबार बिहान नौ बजेतिर सादा पोशाकका दुईजना प्रहरी रेकी गर्न गएका थिए । प्रहरीले चार जना बसेको कोठामा चुकुल लगाइदिएर थप प्रहरी बल बोलाएको थियो । त्यसपछि कोठामा बसेकाहरुले ढोका फोडेर प्रहरीको पेस्तोल खोसेर गोली चलाएको रुपन्देही प्रहरीका प्रवक्ता थापाको भनाइ छ । सोही क्रममा न्यौपाने घाइते भएको थापाले बताए ।

प्रहरीले होटेलबाट लेकबेंसी नगरपालिका सुर्खेतका भक्तबहादुर थापा र जाजरकोट बारेकोट गाउँपालिका ७ का कर्णबहादुर राउतलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।

चारजना मध्येका एक विरेन्द्रबहादुर सिंह भने भाग्न सफल भएको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट एउटा खागसमेत बरामद भएको प्रहरीले जनाएको छ ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv